
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा राजिनामा माग्दैमा आफू राजिनामा दिने पक्षमा नरहेको बताएका छन्। सर्वोच्च अदालतको पूर्ण इजालास (फुल कोर्ट) बहिस्कार गरी इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुसँगको मंगलबारको भेटमा प्रधानन्यायाधीश जबरालाई यस्तो बताएका हुन्।
सर्वोच्चका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर बिबाद धेरै लम्विएको भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। तर जबराले भने सडकमा कसैले राजिनामा मागेको भरमा आफू राजीनामा दिन तयार नभएको जवाफ दिएका थिए। उनले जवाफमा भनेका थिए ‘विवादमा जो जो छन्, सबैले राजिनामा दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्न।’
आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको भन्दै सक्ने भए महाअभियोग लगाएर देखाए भने भन्ने आशय व्यक्त गरेका थिए। आफ्नो राजीनामा माग्ने न्यायाधीशहरुलाई प्रधानन्यायाधीश जबराले आफू पनि राजीनामा माग्ने बताए।
‘तपाईहरुले मलाई जे जे भन्नुभयो, बजारमा त्यही त्यही खालको आरोप तपाईंहरु माथि पनि छ’ उनले भने ‘ त्यसो भए के तपाईंहरु पनि राजीनामा दिनुहुन्छ?’ प्रधानन्यायाधीश जबरालाई भेट्न गएका सर्वोच्चका न्यायाधीशहरु फेरि छलफलमा बसेर निष्कर्ष निकाल्ने योजनामा रहेको बुझिएको छ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...