प्रधानन्यायधीले राजीनामा नदिए थप विरोधका कार्यक्रम घोषणा गर्ने ‘नेपाल बार’ को चेतावनी – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्रधानन्यायधीले राजीनामा नदिए थप विरोधका कार्यक्रम घोषणा गर्ने ‘नेपाल बार’ को चेतावनी

काठमाडौं । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा आइतबारबाट प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै विरोधका कार्यक्रम सुरु गर्ने भएको छ ।

सर्वोच्च अदालतमा आजबाट विहान १० बजेदेखि ११ बजेसम्म लगातार तीन दिन कालोेपट्टी बाँधेर विरोध गर्ने कार्य कार्यक्रम रहेको बार एशोसिएशनले जनाएको छ । त्यस्तै प्रधानन्यायाधीश जबराको शैली र प्रवृत्तिविरुद्ध न्यायालय सुधारका लागि संघर्षरत न्यायाधीशहरू आजपनि इजलासमा नबस्ने बताएका छन् ।

प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, विकृति, भ्रष्टाचार, विसंगति रोक्न नसकेको र न्यायलयको गरिमा कायम राख्न नसकेको कारणले उनको राजीनामा मागेको नेपार बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले बताए ।


सर्वोच्च अदालका बिदामा रहेका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा आज अदालत आउदैछन् । उनीहरूसहित बैठक बसेर ठोस निचोडमा पुग्ने एक न्यायाधीशले बताए ।

नेपाल बारका अनुसार गत कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । यहि १६ गतेसम्म पनि राजीनामा नआए थप विरोधका कार्यक्रम घोषणा गरिनेछ ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०७८ कार्तिक १४, ०८: ५०

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ कार्तिक १४, ०८: ५०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०७८ कार्तिक १४, ०८: ५०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...