
काठमाडौं । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा आइतबारबाट प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै विरोधका कार्यक्रम सुरु गर्ने भएको छ ।
सर्वोच्च अदालतमा आजबाट विहान १० बजेदेखि ११ बजेसम्म लगातार तीन दिन कालोेपट्टी बाँधेर विरोध गर्ने कार्य कार्यक्रम रहेको बार एशोसिएशनले जनाएको छ । त्यस्तै प्रधानन्यायाधीश जबराको शैली र प्रवृत्तिविरुद्ध न्यायालय सुधारका लागि संघर्षरत न्यायाधीशहरू आजपनि इजलासमा नबस्ने बताएका छन् ।
प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, विकृति, भ्रष्टाचार, विसंगति रोक्न नसकेको र न्यायलयको गरिमा कायम राख्न नसकेको कारणले उनको राजीनामा मागेको नेपार बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले बताए ।
सर्वोच्च अदालका बिदामा रहेका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा आज अदालत आउदैछन् । उनीहरूसहित बैठक बसेर ठोस निचोडमा पुग्ने एक न्यायाधीशले बताए ।
नेपाल बारका अनुसार गत कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । यहि १६ गतेसम्म पनि राजीनामा नआए थप विरोधका कार्यक्रम घोषणा गरिनेछ ।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : नेपाली कांग्रेसले सुनसरी र सिरहामा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको...
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतमा पार्टीको वैधानिकतासम्बन्धी मुद्दा विचाराधीन रहेकाले आगामी महाधिवेशनसहित पार्टीका सम्पूर्ण निर्णय तत्कालका लागि...