
काठमाडौं । चीनले नेपाललाई राजदूत होउ यान्छीमार्फत १६ लाख डोज साइनोफार्म खोप सहयोग गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप राजदूत यान्छीले हस्तान्तरण गरेकी हुन्।
स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार नेपालले चीनसंग कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खोप खरिद गरिसकेको छ । जसमध्ये अहिलेसम्म १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरू आउने प्रक्रियामा रहेको छ । हालसम्म नेपाललाई ३४ लाख डोज खोप चीन सरकारबाट अनुदानमा आएको छ ।
मन्त्री खतिवडाले कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत अन्य खोप खरीद गर्न कोभ्याक्सलाई आवेदन दिएको बताए । त्यस्तै स्वास्थ्य सचिव पाखरेल नेपालको महामारी नियन्त्रणमा चीनले अतुलनीय सहयोग गरेकामा धन्यवाद व्यतm गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहने बताए ।
चिनीयाँ राजदूत यान्छीले चीनको खोप सहयोगले महामारी नियन्त्रणमा थप सहयोग पग्ने बताइन् ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...