
काठमाडौं । पशुपति मन्दिर क्षेत्रमा रहेका कुकुरलाई रेविज विरुद्धको खोप लागाइएको छ । कुकुर तिहारको उपलक्ष्यमा सो क्षेत्रमा रहेका कुकुरहरुको पूजा तथा कुकुरलाई रेविज बिरुद्धको खोप लगाइएको हो ।
बुधबार भेटेरिनरी प्राक्टिसनर संघ नेपाल, लायन्स क्लाव आफ काठमाडौं नेपाल, श्री शक्ति महिला समूह र जय वावा पशुपति महिला बिकास संस्थाको संयुक्त आयोजनामा कुुकुरलाई रेविज विरुद्धको भ्याक्सिन लगाइएको हो ।

समूदायमा घरमा पालिएका सबै जनावरलाई स्वास्थ राख्नुपर्छ भन्ने सन्देश दिन निःशुल्क भ्याक्सिन लगाईएको भेटेरिनरी प्राक्टिसनर संघ नेपालका अध्यक्ष डाक्टर श्रीराम अधिकारीले जानकारी दिए । सामूदायिक कुकुरको संख्या नेपालमा धेरै रहेकाले त्यस्ता कुकुरलाई संक्रमण हुन नदिन खोप लगाउनुपर्ने उनले बताए ।
संसारभर रहेका ९० करोड कुकुरहरु मध्ये एक तिहाई भारत, चीन र नेपालमा रहेको जानकारी डाक्टर अधिकारीले दिए ।

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...