
काठमाडौं । गत २४ घण्टामा थप ४४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ७७ जनाको पीसीआर र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९५ जना र ५२ जना गरी ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने ४३९ जना निको भएका छन् । हाल देशभर कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ५४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको हो । यो संगै ७ लाख ९३ हजार २७१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुुसार हाल देशभर ८ हजार ४३६ जना होम आइसोलेसन, ६८७ जना संस्थागत आइसोलेसन, २२३ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत गरि कुल ९ हजार १२३ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्ताे छ विवरण.

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...