काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चर्चा सुरु भएपछि महामन्त्री डा. शशांक कोइरालाको पनि सभापतिमा नाम चर्चामा आउन थालेको छ । सभापतिमा आकांक्षाका साथ अघि बढेका कोइराला पार्टी भित्रका आफू निकट नेताहरूसँग छलफलमा व्यस्त छन् । पार्टीको विधानअनुसार २०७६ सालको फागुनमा १४औँ महाधिवेशन गर्नुपर्ने हुन्छ ।
उक्त महाधिवेशनका लागि कोइरालाले अहिलेबाटै लविङ सुरु गरेका हुन् । पछिल्लो समय उनी पार्टी कार्यकर्ताको भेला, प्रशिक्षण तथा भेटघाट कार्यक्रममा समेत व्यस्त छन् । आफू निकटका नेताहरूसँग उनले पार्टी सुधारका लागि आफ्नो विकल्प नरहेको दाबी गर्दै आएका छन् । पार्टीलाई कोइराला परिवारमा फर्काउन कोइराला पररिवारका तीन प्रभावशाली नेताहरूसमेत लागिपरेका छन् ।
कोइराला परिवारका सदस्य डा. शशांक, डा. शेखर र सुजाता कोइराला यतिबेला आन्तरिक रूपमा छलफलमा छन् उनीहरूले आफ्नो परिवारको विरासत जोगाउन एक हुनुको विकल्प नरहेको समेत आफू निकटहरूलाई बताउँदै आएका छन् । केही समयअघि विराटनगरमा भएको एक कार्यक्रममा जाँदा कोइराला निवासमा शेखर र शशांक सँगै बसेका थिए ।
उनीहरूले त्यसबेला पनि आउने महाधिवेशनमा पार्टी नेतृत्वको विषयमा निकै लामो छलफल गरेको उनी निकट स्रोत बताउँछ । कोइराला परिवारबाट सभापतिको उम्मेदवार हुँदा शशांककै नाम पहिलो नम्बरमा आउने कोइराला परिवार नजिकका नेताहरू बताउँछन् । पछिल्लो समय शशांक कार्यकर्तासँगको भेटघाटका लागि देश दौडाहामा छन् ।
उनी विभिन्न कार्यक्रममा पुग्दै कार्यकर्तामाझ आफ्ना धारणा राख्दै आएका छन् । मंगलबार मात्र कोइराला सर्लाही पुगेका थिए । त्यहाँ भएको एक कार्यकर्ता भेलामा उनले आफूलाई आश मात्र होइन, अब विश्वास गर्नुपर्ने धारणा राखेका थिए । यसले पनि कोइरालाले सभापतिको तयारीमा रहेको स्पष्ट हुने कांग्रेसमा चर्चा छ । यस्तै, बिहीबार मात्र लैनचौरस्थित एक बैंक्वेटमा रात्रिभोजको आयोजना गरेका थिए ।
भोजमा कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्यसहित उनी निकटका नेता तथा कांग्रेसबाट जितेका गाउँ तथा नगरपालिकाका प्रमुखरउपप्रमुख, अध्यक्षर उपाध्यक्षहरूको पनि सहभागिता थियो । कोइराला परिवारले पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग असन्तुष्ट भएका नेताहरूलाई समेट्ने प्रयास गरिरहेका छन् ।
खासगरी कोइराला परिवारले कृष्णप्रसाद सिटौला, प्रकाशमानसिंह र अर्जुननरसिंह केसीको समूहलाई आफूहरूसँग सहकार्य गर्न ल्याउनका लागि छलफल गरिरहेको स्रोतले बताउँदै आएको छ । यसका लागि पार्टी नेता डा. शेखर सक्रिय छन् । शशांकले आफू कुनै पनि हालतमा सभापतिबाट पछि नहट्ने आफू निकटका नेतासँगको भेटमा बताउँदै आएका छन् ।
शशांकले पार्टी भित्र गुटको अन्त्य गर्नुपर्छ भन्ने धारणा राख्दै आएका छन् । तर आउने महाधिवेशनमा पार्टी सुधारका लागि भए पनि म जसरी पनि सभापतिको चुनाव लड्छु भन्दै आएका छन् । तर उनी प्रचारका लागि भने कमजोर रहेको स्रोत बताउँछ । उनी आफू निकटका नेतासँग खुलेर सभापतिको उम्मेदवारमा चुनाव लड्ने दाबी गर्दै आएका छन् तर बाहिर भने उनी प्रचार गर्दैनन् ।
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...
काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...