६० लाख मात्रा फाइजर खोप खरिद गर्दै सरकार – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

६० लाख मात्रा फाइजर खोप खरिद गर्दै सरकार


नयाँ विकल्प,

काठमाडौं – सरकारले ६० लाख मात्रा फाइजरको खोप खरिदका लागि स्वीकृति दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० लाख ९ सय मात्रा फाइजर खोप खरिदका लागि गरेको प्रस्तावलाई स्वीकृति दिने निर्णय गरेको हो।

यो निर्णयसँगै बालबालिकाका लागि खोप खरिदको बाटो खुलेको छ। सरकारले १८ वर्षसम्मका बालबालिकाका लागि खोप लगाउन उक्त खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो।

खोप खरिदका लागि स्वास्थ्य सेवा विभागमा केही कानुनी अप्ठ्यारो देखिएपछि सरकारले खोप खरिदको अधिकार प्रत्यायोजनसहित बाधा अड्काउ फुकाउको निर्णय गर्दै खरिदको स्वीकृति दिएको हो।

फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई समेत लगाउन सकिने विभिन्न अध्ययनले देखाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ कार्तिक २३, २१: १७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ कार्तिक २३, २१: १७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ कार्तिक २३, २१: १७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...