काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले काठमाडौं तिलगंगामा निर्मित पशुपति धर्मशालामा दुवै नेतालाई अवकाशको जीवन बिताउन अलग(अलग कोठा छुट्याइएको छ ।
भारतीय प्रधानमन्त्री मोदीका लागि कोठा नम्बर १०४ छुट्याइएको छ भने ओलीलाई १०६ नम्बर छुट्याइएको छ । धर्मशाला उद्घाटनपछि भारतीय प्रधानमन्त्री मोदीले केही समय सोही कोठामा बिताएका थिए । यो धर्मशाला भारतीय सहयोगमा निर्माण भएको हो, जहाँ एकसाथ चार सय जना बस्न मिल्छ । यसलाई ‘नेपाल–भारत मैत्री धर्मशाला’ नाम दिइएको छ ।
दुई वर्षअघि यसको निर्माण शुरु भएको थियो। करिब ४० करोड रुपैयाँमा निर्माण सम्पन्न भएको हो । भगवान शिवका भक्त मोदीले प्रधानमन्त्री निर्वाचित भएलगत्तै सन् २०१४ मा पहिलो नेपाल भ्रमणका क्रममा पशुपतिनाथ मन्दिर परिसरमा धर्मशाला निर्माण गर्ने घोषणा गरेका थिए । धर्मशाला उद्घाटनपछि मोदीले समारोहलाई सम्बोधन गरेका थिए भने प्रधानमन्त्रीद्वय ओली र मोदीबीच शुक्रबार बिहान होटेल सोल्टीमै एक घण्टा द्विपक्षीय वार्ता भएको थियो । पशुपतिनाथमा पूजापछि साँझ साढे पाँच बजे स्वदेश फर्केका थिए ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...