काठमाडौं । लामो समयदेखिको बिबाद र खिचातानीपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्र्थी संघको १२औँ महाधिवेशन १६ देखि १८ कात्तिकमा हुने भएको छ । नेविंघ अध्यक्ष नयनसिं महरले पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबारबाट शुरु केन्द्रीय समिति बैठकमा महाधिवेशनको विकल्प नरहेको ।
उनले अघि सारेको प्रस्तावित तालिकाअनुसार नेविसंघको अधिवेशनहरू असोज पहिलो सातादेखि माध्यमिक विद्यालय तथा क्याम्पसको अधिवेशनबाट शुरु हुने छ । कार्यतालिका अनुसार असोज १२ गते महानगर, उपमहानगर र गाउँको अधिवेशन हुने छ । नेविसंघमा संघीय संरचना अनुसार क्षेत्रको निर्वाचन भने असोज १५ गते गर्ने प्रस्ताव गरिएको छ । जिल्ला समितिको असोज २१ गते र उपत्यकाका क्याम्पसहरूमा असोज २३ गते अधिवेशन गर्ने प्रस्ताव छ । सातै प्रदेशतर्फका अधिवेशन भने कात्तिक १० र ११ गते गर्ने अध्यक्ष महरले कार्यतालिका प्रस्तुत गरेका छन् ।
नेविसंघको महाधिवेशनका लागि कात्तिक १३ गते महाधिवेशन प्रतिनिधि टुंगो लगाउने १४ गते दाबी विरोधका लागि समय दिइने र त्यही दिन अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको केन्द्रीय सदस्य सुशील भट्टले जनाए । महाधिवेशनको उद्घाटन कात्तिक १६ गते, बन्दसत्र १७ गते गर्ने १२ औँ महाधिवेशनका लागि मतदान १८ गते गर्ने कार्यतालिका छ ।
बैठकमा महरले उमेर हद हटाउन पनि प्रस्ताव यसअघि नै गरिसकेका छन् । यसअघि नेविसंघको विधानअनुसार ३२ वर्ष नाघिसकेकाले केन्द्रीय समितिमा उम्मेद्वारी दिन नपाउने प्रावधान थियो । महाधिवेशनको यो खाका पार्र्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्ष निकटका विद्यार्थी नेताहरूले एक हप्ता लामो गोप्य बैठकपछि तय गरेका हन् ।
गोप्य बैठकप्रति असहमति जनाउने असन्तुष्ट पक्ष नेता विमलेन्द्र निधि समूहका महामन्त्री सरोज थापाको समूह पनि बैठकमा सहभागी थियो । अर्र्को असन्तुष्ट पक्ष पार्टी महामन्त्री डा शशांक निकट समूह पनि बैठकमा सहभागी थियो । उमेर हद हटाउने भनी विद्यार्थीबीच भएको सहमतिप्रति महामन्त्री तथा उपसभपाति निधि निकटका सरोज थापाले असहमति जनाएका थिए । त्यस्तो सहमति गरेको मा अध्यक्ष महरलाई पार्टी सभापति शेरबहादुर देउवाले समेत हप्काएका थिए ।
नेविसंघको महाधिवेशन घोषणा गर्न सभापति देउवालाई नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र डा. शेखर कोइरालाले दबाब दिएका थिए । दबाब स्वरुप देउवाले नेविसंघको महाधिवेशनको लागि सहमतिमा बातावरण तयार गर्न सहमहामन्त्री डा. प्रकाशशरण महतलाई जिम्मेवारी दिएका थिए । केही दिन अघि बिद्यार्थी नेतासहित केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, नविन्द्रराज जोशी, प्रदीप पौडेलसहितका नेतालाई डा. महतले बैठकमा राखेका थिए ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...