काठमाडौं । भाद्र १ गतेबाट देवानी र फौजदारी ऐन लागू भएपश्चात मुलतः नेपाली संचार क्षेत्र आन्दोलित हुन पुगेको छ । देवानी र फौजदारी संहिता ऐन पूर्ण रुपमा कार्यान्वयन भएमा नेपालको प्रेस स्वतन्त्रता नै कुण्ठित हुने भन्दै नेपाल पत्रकार महासंघको पहिलो चरणको कार्यक्रम अन्तर्गत शुक्रबार बानेश्वर संसद अगाडि नै प्रदर्शन भएको छ ।
पहिलो चरणको कार्यक्रम अन्र्तगत पत्रकारितासँग सम्बन्धीत संघ– संस्था, संगठन, बुद्धिजीवि लगायत छलफल, अन्तरक्रिया तथा देवानी र फौजदारी ऐन संहिताको कानुनी बाधा अड्चन के–के हुन पहिचान गरी प्रधानमन्त्री, मन्त्री तथा संसदमा ज्ञापन पत्र बुझाउने रहेको थियो । पहिलो चरणको अन्तिम कार्यक्रम अन्र्तगत सडकमानै संचार उपकरण तथा कलम सडकमा नै राखेर प्रदर्शन गरेका हुन् ।
संसद अगाडि बानेश्बरमा सबै राजनैतिक दलको आँखा पर्ने र सबै राजनीतिक दलहरुले प्रतिनिधित्व गर्ने संसदसम्म उक्त ऐनले नेपाली प्रेसलाई अंकुश लगाउने भएकोले संसदलाई नै सुनाउन सडकमा कार्यक्रम गरेको महासचिव रमेश विष्टले बताए ।
उक्त प्रदर्शन कार्यक्रममा विभिन्न संघ–संस्थाहरुको उल्लेखनिय उपस्थिति रहेको थियो भने संघ–संस्थाका प्रतिनिधि तथा प्रमुखहरुले फोटो क्यामेरा, डायरी, कलम लगायत टेलिभिजन क्यामेरासमेत सडकमै राखी प्रदर्शन गरेका थिए ।
त्यसैगरी, पत्रकारितासँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधिले ऐक्यवद्धता जनाउँदै ऐन खारेज नभएसम्म आन्दोलनलाई अगाडि बढाउन महासंघलाई सुझाव दिँदै सरकारले ऐन नसच्याए नेपाली प्रेसले संशक्त आन्दोलन अगाडि बढाउने समेत प्रतिबद्धता व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सम्बोधनको क्रममा सरकारले संहित नसच्याए घुँडा टेकाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकार महासंघले आयोजना गरेको उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष दीलिप थापामगरले गरेका थिए भने कार्यक्रम संचालन सचिव रामप्रसाद दाहालले गरेका थिए ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...