
नयाँ विकल्प,
काठमाडौं- नेपाल चिकित्सक संघले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासम्बन्धी विवादले मुलुककै गरिमामाथि गम्भीर आँच पुगेको बताएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापड मध्येको एक संस्था नेपाल बार एसोसिएसनबाट गरिएको आन्दोलनप्रति संघले ध्यानाकर्षण भएको जनाएको छ ।
‘नेपालको इतिहासमा न्यायमूर्तिको रूपमा मानिएको सम्माननीय पदमा आसिन व्यक्ति विवादास्पद भई देशभरका सम्पूर्ण कानुन व्यवसायीहरु आन्दोलित भइरहेका छन् ।
जसका कारण कानुनी राज्य र विधिको शासनमाथि नै अवरोध सिर्जना भई न्याय सम्पादनमा देखिएको अवरोधले समग्र राष्ट्रकै गरिमामाथि गम्भीर आँच पुर्याएको नेपाल चिकित्सक संघको ठहर छ’, संघका अध्यक्ष डा लोचन कार्की र महासचिव डा।बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...