प्रधानमन्त्री देउवा र अमेरिकी स-विदेशमन्त्री लुबीच भेटवार्ता हुँदै – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

प्रधानमन्त्री देउवा र अमेरिकी स-विदेशमन्त्री लुबीच भेटवार्ता हुँदै

काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र प्रधानमन्त्री शेरबहादुरबीच बालुवाटारमा शिष्टाचार भेटवार्ता हुदैछ ।

बिहीबार अपराह्न देउवासँग भेटगर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । लुले शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइका क्रममा लुले अमेरिकी सहयोगमा सञ्चालित परियोजना एमसीसीका बारेमा पनि छलफल गर्ने बताइएको छ । अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औं वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

सहायक विदेशमन्त्री लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अमेरिकी राजदूत र्‍यान्डी बेरी, नायब शिष्टाचार महापाल रेवतीरमण पौडेल र अमेरिकी दूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए।

सम्बन्धित समाचार

दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउने
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउने
  • २०७८ मंसिर २, १२: १४

काठमाडौं : भारतको दिल्ली प्रदेश सरकारकी मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन् । पाल्पा निर्वाचन...

जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
  • २०७८ मंसिर २, १२: १४

काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...

दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
  • २०७८ मंसिर २, १२: १४

काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...