अपराध हुन्छ, बलात्कार हुन्छ, तर नेता के भन्दै छन् भने पार्टी र सरकारलाई असफल बनाउनको लागि नियोजित रुपमा षड्यन्त्र भएको छ – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

अपराध हुन्छ, बलात्कार हुन्छ, तर नेता के भन्दै छन् भने पार्टी र सरकारलाई असफल बनाउनको लागि नियोजित रुपमा षड्यन्त्र भएको छ

रमेश लेखक – नेता, नेपाली काँग्रेस

नेपाली काँग्रेसको हालै बस्ने भनेको बैठक पनि स्थगित भएको छ । काँग्रेस पार्टीभित्रको शिर्ष नेताहरुको विवादका कारण तत्काल बन्ने अनुसाशन समिति समेत बन्न सकेन । केन्द्रीय कार्य समितिको बैठकमा नेताहरुले नामहरु प्रस्ताव गर्न नसक्दा केन्द्रीय कार्य समितिको बैठक अनिश्चित भएको नेताहरुलेनै बताइरहेका छन् ।

तेह्रौ महाअधिवेशन भएको दुई वर्ष बितिसक्दा पनि पार्टीबाट गठन हुने विभिन्न विभागहरु समेत हालसम्म गठन हुन सकेको छैन । विभिन्न विभागहरु गठन नहुँदा एक हजार नेता तथा कार्यकर्ताहरु कामविहिन भएका छन् । संगठनमा तल्लीन हुन नसकेका नेता ठूला नेताको चाकडीमा घरदैलो चाहारी रहेका छन् ।

पटक पटक बसेको केन्द्रीय समितिको बैठकले पनि संगठन सुदृढिकरणमा खासै निर्णय गर्न नसकेपछि कार्यकर्ताहरु पार्टीको केन्द्रीय नेतृत्वसँग आक्रोसित छन् । यिनै समसामयिक विषयमा नयाँ विकल्प साप्ताहिकका तर्फबाट पत्रकार ऋषि धमलाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकसँग गरेका कुराकानीको सम्पादीत अंशः

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित कालका लागि स्थगित भयो नि ?
केही दिनअघि नेपाली काँग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको थियो । उक्त बैठको एजेन्डा पार्टीको अनुशासन समितिको गठन गर्ने थियो । नेताहरुबीच अनुशासन समिति गठन गर्ने बारेमा पहिला नै सल्लाह भइसकेको थियो ।

केही दिन अगाडि बैठक बस्न लाग्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले नाम दिन सक्नुभएन । उहाँले नाम दिनलाई आन्तरिक छलफल नभ्याएर हो या तयारी नभएको हो त्यो भने थाहा भएन । उहाँबाट नाम नआएका कारणले समिति गठन हुन सकेन । त्यसकारण उहाँले नाम दिएपछि केही दिनमा बैठक बस्ने भनेर स्थगित भएको हो ।

कँग्रेसभित्र देउवा र पौडेलबीचको विवादले बैठकनै स्थगित हुन पुग्नु राम्रो हो र ?
दुई नेताबीचको विवादभन्दा पनि अनुशासन समिति गठन गर्ने कुरा भइसकेको थियो । रामचन्द्र पौडेलले सदस्यमा नाम दिने कुरा पनि भएको हो । अन्तिम समयमा उहाँले नाम दिन सक्नुभएन ।

अहिले म नाम दिन सक्दिन भन्नुभयो । उहाँले नाम दिन नसक्ने भएपछि समिति गठन पनि स्थगित भयो । उहाँले दिएको नाम बेगरै गठन गरेर त्यो ठाउँ खाली राख्ने कुरा पनि भएन । उहाँले युरोपबाट आएपछि समितिलाई पूर्णता दिने गरी नाम दिनुहोला अनि मात्र अनुशासन समितिको गठनको प्रक्रिया अगाडि बढ्नेछ भन्ने लाग्छ ।

के उसोभए वरिष्ठ नेता पौडेलले अनुशासन समितिको संयोजक बन्न खोज्नु भएको हो ?
त्यो त मलाई थाहा भएन । पहिला भएको सहमतिको बैठकमा म थिइँन । तर अनुशासन समिति सदस्यको नाम वरिष्ठ नेता रामचन्द्र पौडेलले दिने भन्ने मैले सुनेको हो । सामान्य रुपमा हेर्दा पार्टीको कुनै पनि केन्द्रीय स्तरको समितिमा सभापतिले नै संयोजक तोक्छन् यो नयाँ कुरा होइन । नेपाली काँग्रेसको परम्परा पनि यही हो ।

स्थापित मान्यता पनि हो, किनभने केन्द्रीय स्तरका कुनै पनि समितिको संयोजक सभापतिले तोक्नुपर्छ । सभापतिले प्रस्ताव गर्नुहुन्छ । तर सदस्यमा अरुपनि नेताहरुको भावना समेटिने गरेर सदस्यतामा मनोनयन गर्ने यो पुरानो चलन पनि हो । यो नेपाली कांग्रेस पार्टीभित्र स्थापित मान्यता पनि हो ।

निर्वाचन भएको दुई दुई वर्षसम्म पनि अनुशासन समिति गठन नहुँदा पार्टी पनि अनुसाशनहिन भयो होइन त ?
काँग्रेस पार्टीभित्र अनुशासन समितिको एकदमै आवश्यकता छ । निर्वाचनको बेलामा भएका आचारसंहिता उल्लङ्घन, अनुशासन उल्लङ्घनका काम कारवाहीलाई अध्ययन, अनुसन्धान गर्नका लागि अनुशासन समिति चाहिन्छ । त्यही भएर पार्टीभित्र अनुशासन समिति चाँडोभन्दा चाँडो गठन गर्ने भनिएको हो ।

तर समिति गठन गर्नका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले नाम दिन सक्नुभएन । अब उहाँ युरोपबाट फर्किएपछि छिटो अनुशासन समिति गठन हुन्छ । हामी आशा गरौं ।

उसोभए कार्य सम्पादन समिति गठन हुन चाँहि किन सकेन न त ?
कार्य सम्पादन समिति पनि गठन हुन नसकेकै हो । दुई वटा बनाउने भनेको दुवै हुन सकेन । काँग्रेस पार्टीभित्र अलिकति आन्तरिक समस्या छ । ती समस्यालाई व्यवस्थापन गर्ने कोसिस भइरहेको छ । कोसिस हुँदाहुँदै पनि त्यो व्यवस्थापन हुन सकिरहेको छैन । यसलाई व्यवस्थापन गरेर जानुपर्छ । यो यथार्थ कुरा हो ।

किनभने विधान मस्यौदा गर्ने काम हामी गरि राखेका छौं । त्यो विधानलाई महासमितिबाट पास गर्नु छ । विधानलाई महासमितिबाट पास गरिसकेपछि अरु सबै कुराहरु अगाडि बढ्ने भएको हुनाले अहिलेलाई कमसेकम अनुशासन समिति गठन मात्रै सकेपनि हुन्थ्यो । त्यो पनि गठन गर्न सकिएन । अनुशासन समिति गठन गर्ने कुरा पनि अझै १५÷२० दिन जति अभैm लम्बिने देखिएको छ ।

सँधैभरी पार्टी सभापति र वरिष्ठ नेताबीच कुरा नमिल्नुको कारण के हो ?
हो, त्यस्तै देखिएको छ । हिजोको बैठकमा रामचन्द्र पौडेलले नाम दिन्छु भन्नुभएको थियो । सभापति र वरिष्ठ नेता बसेर पहिला पनि त्यसबारे सहमति भएको हो ।

त्यो बैठकमा म थिइँन तर रामचन्द्रले नाम दिन्छु भन्नुभएको थियो रे । उहाँले नाम दिनुहुन्छ भनेर बैठक बोलाइयो तर दिनसक्नु भएन । त्यसकारण बैठक स्थागित भयो । त्यसले गर्दा समस्या छ भन्ने कुरा देखिएको छ । अगाडि देखिएका समस्यालाई समाधान गरेर पार्टी अगाडि जानुपर्छ । उहाँहरु सँधैभरी यसरी वादविववादमा अल्झिरहनु हुँदैन ।

उसोभए समस्या समाधान कसरी हुन सक्छ त ?
समस्याको समाधान त हुनैपर्छ । समस्या छ भन्ने कुरामा कुनै दुविधा छैन । यो अगाडि नै देखिएको कुरा हो । समस्या देखिसकियो, भएको कुरालाई छैन भनेर बस्ने कुरा पनि भएन । त्यो समस्या देखिराखेको छ । तर त्यसको समाधान गरेर नै हामी अगाडि बढ्न सकिन्छ । हामीले पनि पहल गर्नुपर्छ ।

तपाईहरुनै विवादित हुनुभएको कारण कांग्रेसका ठूला नेता मिलाउन महाभारत भएको हो ?
नेताहरु मिलाउन एकदमै कोसिस भएको छ । सबै नेताहरु एक–आपसमा बस्नु भएको छ । हामीहरु पनि बसिरहेका छौं । बहस र छलफलहरु भइरहेका छन् तर पनि टुंगो लाग्न सकेको छैन । नेपाली कांग्रेस पार्टीलाई नेता मिलाउन समस्या देखिएको छ । यो समस्या समाधान गरेर अगाडि बढ्नुपर्छ ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबु–आमा न्याय माग्न काठमाडौं आएका छन्, तपाईंहरु चाँहि के हेरेर बस्नुभएको छ ? के हत्या भएकी निर्मलाले न्याय पाउलिन ?
तपाईले यस नयाँ विकल्प साप्ताहिक मार्फत अत्यन्तै राम्रो प्रसङ्ग उठाउनु भयो । दुःखद घटना भएको छ । मैले पटक पटक सञ्चार जगतमार्फत भन्दै आएको छु । सञ्चार जगतले यो मुद्दालाई बडो प्राथमिकता दिईराखेको छ । तपाईहरु जस्तो जागरुक पत्रकारले यसमा यथेष्ट ध्यान दिएर यो विषयलाई सँधै छलफलमा ल्याउनु भएको छ ।

तपाईहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । महेन्द्रनगरमा पनि पत्रकार साथीहरु, नागरिक समाजका मानिसहरु, राजनीतिक दलका मानिसहरु त्यहाँ स्थानिय आदरणीय दिदीबहिनी, दाजुभाईहरुले जुन जागरुकता देखाएर अपराधीलाई पक्राउ गर्नुपर्छ भनिरहनु भएको छ उहाँहरुको भनाईलाई म सम्मान गर्न चाहन्छु ।

त्यसैले वास्तविक अपराधीलाई सरकारले कडा भन्दा कडा सजाय गर्ने गरेर अनुसन्धान गर्नुपर्छ । अहिले यस्तो दुःखद घटना भयो कि हाम्रो समाजमा एउटा कलंकका रुपमा हाम्रो समाजमा एउटा मानसिक सभ्यतामा नै कलंक लाग्ने रुपमा यो घटना भयो । आज ५०÷५१ दिन भइसकेको छ, तर वास्तविक अपराधी पत्ता लगाउने काम अझैपनि भएको छैन । यसमा सरकार पूर्ण रुपले असफल भएको छ । सरकारको षड्यन्त्र प्रहरी, प्रशासन पूर्ण रुपले असफल भएका छन् ।

एउटा डर लाग्दो परिस्थिति के देखिएकोे छ भने राज्यका संयममता असफलतर्फ गएकी भन्ने दुःखद लक्षण देखा परेको छ । सरकारले चाडो भन्दा चाडो निर्मला पन्तको वास्तविक बलात्कारी हत्यारालाई सार्वजनिक गरोस्, पक्राउ गरोस्, कडा भन्दा कडा सजाय देओस् ।

निर्मला पन्तका आमा–बुबाले न्याय पाइँदैन भनेर हरेस खाइसके नि के भन्नुहुन्छ
म बडो निराशाका साथ एउटा कुरा आग्रह गर्न चाहन्छु । राज्य कता जाँदै छ ? हामी कता जाँदै छौं ? हाम्रो समाज हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रो राजनीति कता जाँदै छ ? यो कुरा गम्भिर रुपले हेर्न जरुरी छ ।

प्रधानमन्त्री, गृहमन्त्री समेतले झुटा कुरा बोल्नुभयो । नक्कली अपराधी तयार गरियो । नेकपाका साथीहरु कुर्लिरहनु भएको थियो । निर्मला पन्तको लास जलाउन दिएन, काँग्रेसले लासको राजनीति गर्दैन भन्ने कुरा म विनम्रता पूर्वक आग्रह गर्न चाहन्छु । साथीहरु कसले राजनीति गरेको रहेछ ? निर्मला पन्तका आमा–बुबाले नै लास जलाउन नमान्नु भएको रहेछ नि । त्यहाँका अधिकारकर्मीले रोकेका रहेछन् नि त । डोटीबाट कथाकथित मामालाई ल्याएर निर्मलाको बाबु पागल हुन् ।

लास म बुझ्छु भनेर लास कसले तयार ग¥यो ? कसले राजनीति ग¥या रहेछ ? हिजो कमरेड प्रचण्डले बोल्नुभएको आफ्नै कानले के सुनेभन्दा म उहाँको सम्मान गर्छु । उहाँले के भन्नुभयो भन्दा बलात्कारका घटना हुँदैछन्, महिला हिंसा हुँदैछन् । भ्रष्टाचार हुँदैछन्, यी कुराहरु सरकार र पार्टीलाई फेल गर्नका लागि सुनियोजित रुपले भएका हुन् भन्ने पनि लागि राखेको छ भनेर भन्नुभयो ।

यो देशका जनताले जुन नेतालाई आफ्नो अभिभावक सम्झेर यो देशको राज्यको जिम्मा सुम्पेका छन् ति नेताहरुको मानसिक दरिद्रता हेर्नुस त । अपराध हुन्छ, बलात्कार हुन्छ, तर नेता के भन्दै छन् भने पार्टी र सरकारलाई असफल बनाउनको लागि नियोजित रुपमा षड्यन्त्र भएको हो भन्दै छन् ।

यो देशमा अहिले अधिकारकर्मीले समेत सुरक्षा मागिरहेका छन्, न्याय माग्दा बन्दुकको नाल पाउने धम्की आएको छ भन्छन् नि हो ?
मूल कुरा के हो भने नेपाल कम्युनिष्ट पार्टीका पनि इमान्दार साथीहरु कञ्चनपुरमै छन् । पत्रकार पनि कोही काँग्रेससँग जोडिएका होलान्, त कोही नेकपासँग जोडिएका होलान् । तर कञ्चनपुरका इमान्दार जनताकाप्रति सचेत समाजकाप्रति सचेत मानिसहरुले यो घटनालाई अत्यन्त निन्दनिय रुपमा अनुभूति गरेका छन् ।

स्थानीय मानिसहरुले, नागरिक समाजले त्यहाँका पत्रकार साथीहरु, अधिकारकर्मी र राजनीति दलका साथीहरुले कसरी यो घटनालाई हेरेका छन् त भन्दा तत्काल निर्मला पन्तको बलात्कारी हत्यारालाई पक्राउ गर्नुपर्छ । नक्कली अपराधी तयार गर्नुहुन्न भनेर कुराहरु उठिरहेको छ । मेरो र नेपाली काँग्रेस पार्टीको कुरा पनि यही नै हो । हिजो अनुसन्धानका नाममा भएका नाटकहरु नौटंकीहरु र बदमासी, बेइमानी, जे जति भएका छन् त्योसँग सम्बन्धित मानिसलाई कारवाही गर्नुपर्छ । वास्तविक अपराधीलाई सरकारले तुरुन्त पत्ता लगाउनुपर्छ ।

सम्बन्धित समाचार

1Red Casino Review: Snelle Winsten & Hoog‑Intensieve Slots voor de Snel‑Pace Speler
  • २०७५ आश्विन १, ०८: ३६

Wanneer je op zoek bent naar een casino dat directe spanning biedt, biedt 1Red Casino een gestroomlijnde ervaring die draait...

Koning Casino: Quick‑Hit Slots en Hoog‑Intensieve Gaming voor de Moderne Speler
  • २०७५ आश्विन १, ०८: ३६

In de wereld van online gokken verlangt een groeiend aantal spelers naar momenten van adrenaline in plaats van marathon sessies....

Verde Casino – Quick Wins en Intense Slots Play
  • २०७५ आश्विन १, ०८: ३६

Waarom Korte Sessies Ertoe Doen In de wereld van online slots is momentum koning. Spelers die een handvol spins doen,...