दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रु एक हप्ता क्वरेण्टीन अनिवार्य बस्नुपर्छः स्वास्थ्य मन्त्रालय – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रु एक हप्ता क्वरेण्टीन अनिवार्य बस्नुपर्छः स्वास्थ्य मन्त्रालय


नयाँ विकल्प,

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठनले भेरियन्ट अफ कन्सर्न घोषणा गरेपछि सरकारले दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुहरुलाई एक हप्ता अनिवार्य क्वरेण्टीन राख्ने निर्णय गरेको छ ।

नेपालले अहिले खोप नलगाइ आउने यात्रुहरूलाई एक हप्ताको क्वरेण्टीन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरुलाई होटेल क्वरेण्टीन अनिवार्य गरेको छैन ।
नयाँ भेरियन्टलाई लिएर उडानहरु कसरी गर्ने लगायतका विषयमा भोलि बस्ने कोभिड सङ्कट व्यवस्थापन समन्वय समितिको बैठकमा छलफल गरी थप निर्णय गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा नदेखिएको आत्तिन नपर्ने तर सावधानी भने अपनाउनुपर्ने उनले बताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर ११, २०: २१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ मंसिर ११, २०: २१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ मंसिर ११, २०: २१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...