
काठमाडौं । सोमबार देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ८ सय ८८ जनाको परिक्षणमा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार ७ हजार २ सय ३१ जनाको पीसीआ र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गरिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको हो ।
त्यस्तै सोमबार थप २६४ जना कोरोना भाइरसमुक्त भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ६५३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ६०९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ जना रहेका छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...