जोशीलाई महाभियोग लगाउने भन्दै तर्साउन हस्ताक्षर – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

जोशीलाई महाभियोग लगाउने भन्दै तर्साउन हस्ताक्षर

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दिपकराज जोशीबिरुद्ध महाभियोग लगाउने तयारी शुरु गरेका छन् । सर्वोच्च अदालतका तत्कालिन कायम मुकायम प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीशको लागि न्याय परिषद् हुँदै संवैधानिक परिषद्ले सिफारिस गरे पनि संसदीय सुनुवाई विशेष समितिले गत १८ साउनमा उनलाई बहुमतले अश्वीकृत गरेको थियो ।

उनको नाम समितिले अस्वीकृत गर्दा बिदामा बसेका थिए भने न्यायपरिषद्ले ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरी संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गर्दा जोशीले सवोच्च अदालतमा स्वागत गरेका थिए ।

सुनुवाई विशेष समितिले मिश्रलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेपनि उनी सर्वाेच्च अदालतमा बरिष्ठतम न्यायाधीशको रुपमा जिम्मेवारी बहन गर्दै आएका थिए । जोशीलाई महाभियोग लगाउन नेकपाका सांसदरूले हस्ताक्षर संकलन संसद भवन नयाँ बानेश्वरमै हुँदा शुरू गरेका थिए । नेकपा संसदीय दलको कार्यालयमा सिंहदरबारमा समेत उपस्थित सांसदहरुलाई खाली पानामा हस्ताक्षर गराइएको थियो । महाभियोगको प्रस्ताव बिहीबार साँझ नै दर्ता गर्ने हल्ला गरिएको थियो ।

हस्ताक्षर अभियानको नेतृत्व नेकपाका उपनेता सुवास नेम्वाङले गरेका थिए । महाभियोगको प्रस्ताव दर्ता गर्न एक चौथाइ अर्थात ८३ जना सांसदको हस्ताक्षर आवश्यक पर्छ । संसदमा नेकपाका २१४ जना सांसद छन् । जोशीलाई राजीनामा दिन दबाब दिइएको थियो ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७५ आश्विन ८, १०: २३

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७५ आश्विन ८, १०: २३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७५ आश्विन ८, १०: २३

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...