अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस

काठमाडौं । २ डिसेम्बरका दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विविध कार्यक्रम गरी मनाइदै छ । दासता आधुनिक युगका लागि अनौठो लागेपनि कुनै समय विश्वभर दासताले जरा गाडेको थियो ।

दास दासी राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूर्ण गरिएका विवाह र सशस्त्र युद्धमा बालबालिकाको प्रयोग सबै दासताका विभिन्न रुप हुन् ।

आधुनिक समयमा पनि निकै धेरै मानिसहरु दासताको शिकार भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले जनाएको छ । पछिल्लो तथ्यांकअनुसार ४ करोडभन्दा बढी मानिसहरु विश्वभर आधुनिक दासताको शिकार बनेको पाइएको छ ।

कानुनले आधुनिक दासतालाई परिभाषित नगरेपनि, दबाबपूर्ण रुपमा श्रममा लगाउनु, बालबालिकालाई श्रममा लगाउनु, दबाब दिएर गरिएको विवाह र मानव बेचबिखनलाई दासताकै हिस्साको रुपमा हेरिन्छ ।

ऐतिहासिक्ता
संयुक्त राष्ट्रसंघले सन् १९८६ देखि २ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दासता दिवसको रुपमा मनाउन थालेको हो । राष्ट्रसंघले आजको दिनलाई विश्वभरबाट दासता उन्मूलनको दिनका रुपमा हेरेको छ । नेपालमा तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेर जंगबहादुर राणाले ९४ वर्षअघि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गरेका थिए ।

गाउँगाउँमा पनि विभिन्न स्वरुपमा दास प्रथा कायम थियो । अहिले पनि विभिन्न ठाउँमा दासताको नाममा विभिन्न कुप्रथाहरु चलिरहेको यदाकदा पाइएकै छ । नेपालमा कमलरी प्रथा यसको एक उदाहरण हो ।

सरोवारवाला र सरकारले जनचेतनामूलक कार्यक्रमहरु गाउँगाउँमा पुर्याउन सके दासताका अनेक स्वरुप उन्मुलन गर्न सकिने स्थानीयको भनाइ छ । सचेत नागरिकले मानवअधिकारको सुनिश्चितताका लागि सधैं आवाज उठाउनु पर्छ । दिवसका अवसरमा केन्द्रदेखि स्थानीय तह सम्म विभिन्न कार्यक्रम गरिदै छन् ।

सम्बन्धित समाचार

दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउने
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउने
  • २०७८ मंसिर १६, १२: ०४

काठमाडौं : भारतको दिल्ली प्रदेश सरकारकी मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन् । पाल्पा निर्वाचन...

जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
  • २०७८ मंसिर १६, १२: ०४

काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...

दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
  • २०७८ मंसिर १६, १२: ०४

काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...