साेमबार थप २६५ जनामा कोरोना संक्रमण, २ काे निधन – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

साेमबार थप २६५ जनामा कोरोना संक्रमण, २ काे निधन

काठमाडौं । सोमबार थप २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा ८ हजार ६ सय १७ जनाको परिक्षण थप २६५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार १ सय १४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना र १ हजार ५ सय ३३ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गत २४ घण्टामा थप ३५७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या ८ लाख ४ हजार ९०१ जना रहेको छ भने नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ४४९ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ जना रहेकोमा ६ हजार ६२ जना होम आइसोलेसनमा, ३२४ जना संस्थागत आइसोलेसनमा, १४४ जना आईसीयू र ३२ जना भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ मंसिर २०, १६: ५५

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ मंसिर २०, १६: ५५

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०७८ मंसिर २०, १६: ५५

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...