मंगलबार थप ३१५ जनामा कोरोना संक्रमण, २ को निधन – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

मंगलबार थप ३१५ जनामा कोरोना संक्रमण, २ को निधन

काठमाडौं । मंगलबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले सार्वजनिक गरको पछिल्लो २४ घण्टाको रिपोट अनुसार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । त्यस्तै मंगलबार ३०४ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ५ हजार २०५ जना पुगेको हो ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ जना रहेका छ ।

संक्रमितमध्य ६ हजार १३ जना होम आइसोलेसनमा, ३३९ जना संस्थागत आइसोलेसनमा, १२३ जना आईसीयू र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको हो ।

सम्बन्धित समाचार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ मंसिर २१, १५: ४५

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ मंसिर २१, १५: ४५

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०७८ मंसिर २१, १५: ४५

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...