
काठमाडौं । कोरोनाको दुई मात्रा खोप लगाएर मात्र नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट बच्न नसकिने बेलायती वैज्ञानिकहरुले चेतावनी दिएका छन् । ओमिक्रोनको संक्रमणबाट बच्न कोरानोको दुवै डोज खोप मात्र पर्याप्त नभएको उनीहरुको दावी छ ।
बेलायतका वैज्ञानिकले ओमिक्रोन र डेल्डा भेरियन्टलाई लिएर गरेको प्रारम्भिक विश्लेषणमा ओमिक्रोन भेरियन्टको संक्रमणबाट जोगिनका लागि खोपको तेस्रो मात्रा अर्थात बुस्टर लगाउँदा ७५ प्रतिशत व्यक्तिमा संक्रमण नदेखिएको वैज्ञानिकको निष्कर्ष छ ।
तेस्रो मात्रा खोप ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी हुने उनीहरुको दावी छ । दक्षिण अफ्रिकामा पहिलोपटक देखिएर हाल विश्वका विभिन्न देशमा फैलिने क्रममा रहेको ओमिक्रोन भेरियन्ट अहिलेसम्म सबैभन्दा बढी उत्परिवर्तन (म्युटेशन) भएको हो ।
यो भेरियन्ट अघिल्लो भन्दा बढी संक्रामक रहेको देखिएको छ । तर उपलब्ध खोपले काम गर्ने वा नगर्ने या बुस्टर मात्रा लगाउँदा हुने प्रभावकारीताबारे वैज्ञानिक अझै स्पष्ट हुन सकेका छैनन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...