महामन्त्री पदकाे मत गणना जारी, थापा र विश्वप्रकाशकाे अग्रता – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper
काँग्रेस महाधिवेशनः

महामन्त्री पदकाे मत गणना जारी, थापा र विश्वप्रकाशकाे अग्रता

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत महामन्त्री पदको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ । जारी मतगणनामा उम्मेदवार विश्वप्रकाश शर्मा र गगनकुमार थापाले अग्रता लिएका छन् ।

पार्टीका कार्यालयमा ६०० मत गन्दा नेता थापाले ३८१ मत लिएका छन् भने शर्माले २२८ मत प्राप्त गरेका छन् । त्यस्तै सोही पदमा उम्मेदवारी दिएका प्रदीप पौडेलले २०७, प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र डा. राजाराम कार्कीले २८ मत ल्याएका छन् ।

महामन्त्रीको २ सिटका लागि ६ जना काँग्रेस नेताले उम्मेदवारी प्रस्तुत गरेका थिए । सोमबार सम्पन्न निर्वाचनको सभापति र उपसभापतिको मत गणना सकेर अहिले महामन्त्रीको गणना जारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसअघि सभापतिमा दाेस्राे कार्यकालकाे लागि पुनः दाेस्राे चरणकाे निवार्चनबाट शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का, धनबहादुर गुरूङ निर्वाचित भइसकेका छन्।

सम्बन्धित समाचार

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ पुष १, १२: १४

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ पुष १, १२: १४

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो
कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो
  • २०७८ पुष १, १२: १४

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा...