संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल

काठमाडौं । संघीय संसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आजका लागि तय गरिएको छ।

दिउँसो २ बजे बस्ने प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयन अवस्थाबारे छलफल हुनेछ। छलफलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, दुवै मन्त्रालयका सचिव तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई आमन्त्रण गरिएको समितिले जनाएको छ।

यसैगरी, बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनामाथि छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, बिहान ११:३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित केन्द्रीय इतिहास विभाग का पदाधिकारीसँग छलफल हुनेछ। समितिले छलफलका लागि केन्द्रीय इतिहास विभागका विभागीय प्रमुखलाई आमन्त्रण गरेको जनाएको छ।

सम्बन्धित समाचार

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०८३ श्रावण ११, ०९: ००

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०८३ श्रावण ११, ०९: ००

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...

गणेश पौडेलमाथिको आक्रमण निन्दनीय, असहमतिको जवाफ हिंसाबाट होइन संवादबाट दिनुपर्छ : गगन थापा
गणेश पौडेलमाथिको आक्रमण निन्दनीय, असहमतिको जवाफ हिंसाबाट होइन संवादबाट दिनुपर्छ : गगन थापा
  • २०८३ श्रावण ११, ०९: ००

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमणको कडा निन्दा गर्दै लोकतन्त्रमा विचार फरक हुन...