
काठमाडाैं । बिहीबार थप १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार २ सय ३० पिसिआर परिक्षणका क्रममा १६० जना र ३ हजार ७ सय ८८ एन्टीजेन परिक्षणका क्रममा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
बिहीबार थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २१ हजार ७३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ६७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप २ सय ६७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म निकाे हुनेकाे संख्या ८ लाख ८ हजार ८३ जना पुगेकाे छ । हाल देशभर ५ हजार ५ सय २६ सक्रिय संक्रमित आइशोलेशन र ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...