काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको बताएका छन् । मिडियामा आएको कुरा झुठै हो भनेर म भन्न सक्दिन् । उनले देशको परिस्थिति बुझ्नुभएको छ । पार्टीका नेता, कार्यकर्ताको मनोभावना बुझ्नुभएको छ ।
तर, उहाँ चुनाव लड्नुहुन्छ भनेर मलाई चाहीँ व्यक्तिगत रुपमा विश्वास छैन् । यदि लड्नुभयो भने उहाँलाई सिँगो पार्टी एक भएर विजयी बनाउँछौं ।’ वामदेव कामरेड चुनाव लड्ने भनेर न पार्टीभित्र आधिकारिक निर्णय भएको छ, न त उहाँ आँफैले निर्णय गर्नुभएको छ । उहाँ चुनाव लड्न तयार हुनुभयो भने उहाँको लागि छोड्न माननीयहरु तयार हुनुहुन्छ ।
अहिले माननीय सांसद रामबीर मानन्धरले राजिनामा दिने भनेर भन्नुभएको छ । तर, राजिनामा दिनुभएको छैन । र, उहाँले राजिनामा दिन जरुरी पनि छैन् । जबसम्म पार्टीको निर्णय हुँदैन्, तबसम्म राजिनामा दिन जरुरी छैन् । पार्टीले निर्णय गर्यो भने म पनि छोड्न तयार छु । पार्टीले निर्णय गरे हामी जोसुकै निर्वाचित सांसदपनि छोड्न तयार छौं । हाम्रो पार्टीको निर्णय अगाडि व्यक्तिको केही चल्दैन् ।’
सरकार कमजोर भयो भनेर पार्टीभित्र असहमतिपत्र दर्ता हुनु स्वभाविक भएको प्रतिक्रिया दिए । ‘हाम्रो पार्टीभित्र अहिले लाखौं सदस्यहरु हुनुहुन्छ, सबैले आफ्नो असहमति लिखित रुपमै पार्टीमा दर्ता गराउन सक्नुहुन्छ । लिखित रुपमा दर्ता भएका असहमतिहरुमाथि छलफल हुन्छ ।’ महासेठले सरकार अहिले संकटमा नभएको बताए । ‘सरकार दुई तिहाईको छ । हामी दायाँ÷बायाँ नहेरी अब ५ वर्ष देश र जनताको हितमा काम गर्छौं ।’
अबको पाँच वर्षभित्र वर्तमान सरकारले कसैले नसोचेको प्रगति र विकास गरेर देखाईदिने पनि बताए । ‘जनतासामू गरेका सबै प्रतिबद्धताहरु हामी पूरा गरेर छाड्छौं । आउने दश वर्षभित्र त नेपाल कहाँबाट कहाँ पुग्छ ? कसैले कल्पना पनि गर्न सक्दैन् ।’ सकार गठन भएको यो करिब ८ महिनामा ईतिहाँसमै सम्झना हुने कामहरु भएको बताए । ‘हाम्रो सरकार गठन हुनुपुर्व मुलुकमा एकात्मक शासन प्रणाली थियो ।
तर, हामी आएपछि संघात्मक प्रणालीमा प्रवेश गरेको छ । स्थानीय, प्रादेशिक र संघीय सरकारलाई आवश्यक कानुनहरु बनाउने काम हामीले ग¥र्यौ । हामीले घोषणापत्रमार्फत अघि सारेका सबै कार्यक्रमहरु पूरा गर्छौं । तर, यसको लागि केही समय लाग्छ ।’
मित्रराष्ट्र चीनको आर्थिक समृद्धिको उदाहरण पेश गर्दै मन्त्री महासेठले, ‘चीनलाई पनि अहिलेको यो अवस्थामा आईपुग्न ४२÷४३ वर्ष लाग्यो । साईप्रसलाई अहिलेको अवस्थामा आईपुग्न ३५ देखि ४० वर्षसम्म लाग्यो । मलेसियालाई त्यस्तै १८ देखि २० वर्षसम्म लाग्यो । हामीले पनि घोषणापत्रमा उल्लेख गरेका कुराहरु ५ वर्षभित्र पूरा गरेर देखाउँछौं । अहिले ६ महिनाभित्रै सबै पूरा हुने कुरा होईन् । केही समय लाग्छ ।’
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...