
काठमाडौं । सोमबार थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७ सय २९ जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने थप २२५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ६७३ पुगेको छ भने भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ८ लाख ११ हजार ५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर रहेका संक्रमितको संख्या ४ हजार ९३१ जना मध्य ४ हजार ६९४ जना होम आइसोलेसनमा बसेर उपचार गरिरहेका छन् । त्यस्तै २३७ जना संस्थागत आइसोलेसनमा, ७८ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...