
काठमाडौं । शुक्रबार थप २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्वास्थ्य संघसंस्थाहरुमा करिव ७ हजार ८ सय ८५ पिसिआर परिक्षणका क्रममा २ सय २४ जना र १ हजार १ सय ९९ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
पछिल्लौ २४ घण्टामा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । यो संगै हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या कुल ११ हजार ५ सय ९४ जना पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा २ सय १२ जना कोरोना संक्रमित निको हुँदा हालसम्म संक्रमणमक्त हुनेको कुल संख्या ८ लाख ११ हजार ९ सय ५८ जना रहेको मन्त्रालयले जनाकारी दिएको छ ।
हाल नेपालमा ४ हजार ८ हजार ७९ सक्रिय संक्रमित आइशोलेशन र १०३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...