हुम्लाका स्वास्थ्यचौकीमा सिटामोल अभावः बिरामी मर्कामा – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

हुम्लाका स्वास्थ्यचौकीमा सिटामोल अभावः बिरामी मर्कामा

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ । नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा यहाँका बिरामीहरु समस्यामा परेका छन्। स्वास्थ्यचौकीमा सामान्य सिटामोलसमेत नपाउने जनगुनासो बढेको छ ।
स्थानीयवासीहरुका अनुसार अहिले गाउँमा मौसमी ज्वरोका कारण अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको छ ।
पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण सो स्वास्थ्य संस्थामा ज्वरोका बिरामी बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

स्वास्थ्य चौकीका अनमी बिजौरा शाहीले यहाँ केही औषधि पसलहरुले सिटामोल आफ्नो नजिकको ग्राहकलाई दिन स्टक गरी राख्दा बजारमा उपलब्धता कम भएको बताइन् । यसरी स्टकमा राख्दा गाउँमा थप समस्या देखिएको उनको भनाई छ ।
त्यस्तै साया स्वास्थ्यचौकीका अहेब धर्मराज शाहीले औषधि अभाव हुँदा नागरिकको गाली आफूहरुले खानुपर्ने अवस्था आएको बताए। उपचारका लागि आएका बिरामीलाई औषधि छैन् भन्दा जानेबुझेका फिर्ता हुने गरे पनि नबुझेका केहीले गाली गर्ने गरेको बताए । औषधि अभाव हुँदा अहिले आफूहरुको काम कार्यालय खोल्ने र बन्द गर्ने मात्र भएको बताए ।

त्यस्तै सरकारीका निकाय औषधि तथा औषधिजन्य बस्तुहरुको लगाएतका व्यवस्थापनमा साह्रै कमजोर देखिएकाले जीवनरक्षक औषधिको अभाव भएको हुम्लाका स्थानीयहरुको आरोप छ । जीवनरक्षक सिटामोल जस्ता औषधिहरु स्वास्थ्य चौकीमा समेत नहुनु सरकारी निकायको उदासिनता भएको एक स्थानीयले बताए ।

त्यस्तै सर्केगाड गाउँपालिकाको काम गर्ने शैली, व्यवस्थापनमा दूरदर्शिता नभएकाले यस्तो समस्या देखा परेको स्वास्थ्यकर्मीको आरोप छ । सिटामोल जस्तो अत्यावश्यक औषधि नहुनुमा गाउँपालिकाले समयमै यसतर्फ ध्यान नदिनु मुख्य कारण भएको उनीहरुको भनाइ छ ।

त्यस्तै स्वास्थ्यचौकीमा अस्थायी साधनसँग सम्बन्धित पिल्स, सलायन, एमोक्सिलिनजस्ता औषधि नहुँदा थप समस्या बनाएको अनमी शाहीले बताइन् । हिउँदको समयमा दमका बिरामी स्वास्थ्यचौकीमा बढी आउने भएकाले दमरोगसंग सम्बन्धित औषधिहरुको समेत अभाव रहेको बताइन् ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७८ पुष १८, १३: ३०

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७८ पुष १८, १३: ३०

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७८ पुष १८, १३: ३०

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...