काठमाडौं । काठमाडौंको जोरपाटीमाीस्थत नेपाल मेडिकल कलेजमा बन्द रहेको मुखको शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको छ ।
बरिष्ठ दन्तरोग विशेज्ञ डा. निरज पन्तको टोलीले काभ्रेकी १९ वर्षीया निशा राना मगरको मुखको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
काभ्रेकी निशा राना मगरको ११ वर्ष अगाडि साथीसँग खेल्ने क्रममा लडेर मुखमा गम्भीर चोट लागेको थियो । लामो समयको उपचारपछि निशाको घाउ ठीक भएपनि खाने मुख बन्द हुँदै गएको थियो भने उनको परिवारले थप उपचारका लागि थुप्रै अस्पताल चहारेपनि समस्या समाधान भने भएको थिएन ।
बरिष्ठ दन्तरोग विशेज्ञ डा निरज पन्तको टोलीले उपचार सुरु गरेपछि निशा बोल्न तथा सामान्य खानेकुरा खाने अवस्थामा रहेकी छिन् ।
निशाको उपचारमा डा. निरज पन्त, डा. कुशल बिम्व, डा. अन्जनी भट्टराई र डा. सुमित कुमार सिंह संलग्न रहेका थिए ।
निशाको उपचारमा संलग्न चिकित्सक दन्तरोग विशेषज्ञ डा निरज पन्तका अनुसार ट्रमाका कारण निशाको मुख बन्द हुँदै गएको थियो । जसका कारण उनी बोल्न तथा खानेकुराहरु निल्न नसक्ने अवस्थामा पुगेकी थिइन् ।
चिकित्सकीय भाषामा यङ्कायोलोसिस भनिने यस्तो दुर्लभ समस्याको नेपालमा सहज समाधान गर्न सक्नु चुनौतीपूर्ण भएको डा. पन्त बताउँछन् । ‘ट्रमाले गर्दा मुख बन्द भएका कारण अस्पताल ल्याउँदासम्म पनि निशाको मुख खुल्दैन थियो । भित्रभित्र आवाज चाहीँ आउँथ्यो ।
खानेकुरामा पनि झोलमात्रै निल्न सक्ने हुदाँ खानेकुराको स्वाद थाहा पाउन सम्भवसम्म पनि थिएन ।
शल्यक्रिया पश्चात्त नयाँ जीवन पाएकोमा अहिले निशा निकै दङ्ग छिन् । निशालाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गरिसकेको अस्पतालले जनाएको छ ।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...