
नयाँ दिल्ली । अग्रपंक्तिमा काम गर्ने, स्वास्थ्यकर्मी तथा ज्येष्ठ नागरिकलाई भारतमा आज देखि कोरोनाविरुद्धको तेस्रो खोप दिन सुरु हुँदैछ। पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्र फैलिरहेका बेला ‘बुस्टर डोज’ दिन लागिएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले अग्रपंक्तिमा काम गर्नेलाई तेस्रो खोप प्रदान गर्ने घोषणा गरेका थिए। सोही घोषणाअनुरूप आजबाट बुस्टर डोज खोप दिन लागिएको हो।
सरकारले तोकेका व्यक्तिहरू सीधै खोप केन्द्रमा गई खोप लगाउन पाउने बताइएको छ। योसँगै अग्रपंक्तिमा काम गर्ने, ६० वर्षभन्दा माथिका व्यक्ति, कम प्रतिरोधात्मक क्षमता भएका व्यक्ति तथा दीर्घ रोगीले तेस्रो खोप खोप केन्द्रमा गएर सहजै लिन पाउनेछन्
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...