
नयाँ विकल्प,
काठमाडौं – मंगलबार बसेको बैठकले जारी गरेको आदेश बढ्दो संक्रमणलाई विशेष ध्यान दिदै आजराति १२ बजेदेखि लागू हुने काठमाडौं प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ। यस्तै, कोभिड १९ सङ्क्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।
पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रजिअहरुको बैठकले संक्रमण नियन्त्रणका लागि बैठकले नयाँ आदेश जारी गरेको छ ।
यस्तै आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को निर्णय कार्यान्यन गर्ने पनि बैठकले निर्णय गरेको छ । भौतिक उपस्थितिमा पठनपाठन रोक्ने आदेशमा उल्लेख छ । पूर्वनिर्धारित परीक्षा भने स्वास्थ्य मापदण्ड पालना हुने गरी सञ्चालन गर्न पाइने छ ।
माघ ७ गतेदेखि कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रामा, पार्कमा प्रवेश गर्दा खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । अर्को सूचना नभएसम्मका लागि यो आदेश लागू हुने विज्ञप्तिमा उल्लेख छ ।


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...