लकडाउन नै समस्याको समाधान होइन्ः मन्त्री खतिवडा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

लकडाउन नै समस्याको समाधान होइन्ः मन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बिहीबार कीर्तिपुर अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै सरकार अनावश्यक लकडाउनको पक्षमा नरहेको बताएका छन् । कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री खतिवडाले लकडाउन गरेपनि आवश्यक ठाउँ हेरेर मात्रै गरिने बताएका हुन्।

मन्त्री खतिवडाले ओमिक्रोन भेरियन्टबाट बच्न सबै नागरिकहरुले आ–आफ्नो ठाउँमा सर्तकता अपनाउदै स्वास्थ्य मन्त्रालयका सम्पूर्ण स्वास्थ्य मापदण्डहरुलाई पालना गर्नुपर्ने बताए । उनले मास्क, स्यानिटाइजर र पानी उपलब्ध ठाउँहरुमा सावुनपानी हात अनिवार्य सफा गर्न आग्रह गरे । ओमिक्रोनबाट बच्न कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न सबैलाई अनुरोध गरे ।

सरकारले विज्ञहरुको सल्लाहअनुसार माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्ने नागरिकहरुलाई बुस्टर डोजको व्यवस्था गरेको जानकारी दिए । त्यस्तै माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेरसमूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोनाविरुद्धको बुस्टर डोज उपलब्ध गराउनेसमेत बताएका थिए ।

यसअघि सरकारले गरेको लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा नराम्रो असर परेकाले सरकारले आवाश्यकता हेरेर लकडाउन सम्बन्धित ठाउँमा मात्रै गर्ने बताए । लकडाउन नै सबै समस्याको समाधानका रुपमा सरकार नलाग्ने बताए ।

त्यस्तै सरकारले सम्भावित कोरोनाका तेस्रो लहरबाट आफ्ना नागरिकहरुको जीवनरक्षा गर्न स्वास्थ्य क्षेत्रमा विशेष तयारी गरिरहेको र लकडाउन हुन्छ भनेर नआतिन सबैलाई जानकारी दिएका थिए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष २९, १६: ११

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७८ पुष २९, १६: ११

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ पुष २९, १६: ११

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...