यूवा नेताले के पकाए कटेजमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

यूवा नेताले के पकाए कटेजमा

काठमाडौं–नेपाली कांग्रेसका यूवा नेताहरु आफ्ना अवधारणालाई महासमिति बैठकमा एकमुष्ट रुपमा अघि बढाउन आज राजधानीको तीनकुनेस्थित सिद्धार्थ कटेजमा दुई दिन गोप्य भेला गरेका छन् । यूवा नेता गगनकुमार थापा र गुरुराज घिमिरेको सक्रियातामा बुधबार र शुक्रबार केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, बद्रीप्रसाद पाण्डे, जीवन परियार एकै ठाउँ बसेर गोप्य सहमति गरेका हुन् ।

ति दुवै गोप्य बैठकमा नेताहरुबीच आगामी २८ मंसिरदेखि राजधानीमा हुन गइरहेको महासमिति वैठकमा पेश हुने विभिन्न प्रस्तावहरुमा यूवा नेताको अवधारणा कसरी एकीकृत ढंगले राख्ने भन्ने बिषयमा छलफल भएको केन्द्रीय सदस्य पाण्डेले बिकल्पलाई बताए । युवा नेताहरुले गत असार ६ देखि ९ सम्म मकवानपुरको हेटौंडामा भएको जिल्ला सभापतिहरुको भेलामा पेश गरेको ५१ पेज लामो प्रतिवेदनलाई समय सापेक्ष परिमार्जन गरेर महासमिति बैठकमा पेश गर्ने निष्कर्ष निकालेका छन् ।

उनीहरुले महासमिति बैठकमा पेश हनु अघि विधान संशोधन मस्यौदा समितिले पेश गर्ने प्रतिवेदनलाई पार्टी केन्द्रीय कार्य समिति बैठकमा पेश हुँदा छलफल चर्काउने भएका छन् । उनीहरुले पार्टी संस्थापन पक्षले बिधान संशोधन मस्यौदा समितिमा समेत पेलेर जाने रणनीति अपनाए पछि त्रसित बनेका छन् । सभापति देउवाले चयन गरेका प्रतिनिधिहरुले तयार पारेको बिधान संशोधनको प्रारम्भिक प्रतिवेदनमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने उल्लेख छ ।

तर, सभापतिकै इसारामा यतिवेला बिधान संशोधन मस्यौदा समितिका सदस्यहरुले बहुमतको बलमा पदाधिकारीको संख्या नबढाउने आडान लिएका छन् । कांग्रेससाग प्रतिष्पर्धा गर्ने पार्टी नेकपाको केन्द्रीय नेतृत्व पाँच सयको हाराहारीमा पुग्दा समेत कांग्रेसले केन्द्रीय कार्य समितिको आकार ८५ भन्दा बढ्न नदिने अडान लिएको हो ।

यस्तो बिषय परिस्थितिमा यूवा नेताहरुले सम्भव भएसम्म सबै पद निर्वाचित गर्नु पर्छ भनेर दबाब श्रृजना गर्नुपर्ने अभियान चलाउने भएका छन् । उनीहरुले बर्तमान नेतृत्वले वर्तमान चुनौतिलाई सामना गर्न सक्ने सामथ्र्य राख्न नसक्ने भन्दै सामूहिक नेतृत्व प्रणालीमा जानु पर्ने कुरालाई जोड दिएका छन् ।

उनीहरुले विधान संशोधन मस्यौदा समितिमा आफ्ना धारणा समावेस गर्न, राजनीतिक प्रतिवेदन, आर्थिक नीति र आर्थिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन आदिमा आफ्ना एजेण्डालाई समावेश गर्ने बिषयमा समान र एकीकृत धारणा बनाउन प्रयास गर्ने भएका छन ्।

बैठकमा सहभागी यूवा नेताहरु सबैजना पार्टी संस्थापनइतर पक्षका हुन् । संस्थापन पक्षधर केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएपछि यूवा नेताको बैठकमा उपस्थित हुन छाडेका छन् भने चन्द्र भण्डारी सभापति देउवाबिरुद्ध खुलेर आएका छन् । गत बर्ष भएको स्थानीय तह, प्रदेश सभासद् र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले हार बेहोरेपछि यूवा नेताहरु मोर्चाबन्दीमा एकजुट भएका थिए ।

यिनै युवा नेताहरुले गत असारमा हेटौंडामा भएको जिल्ला सभापति भेलामा समेत बेग्लै प्रतिवेदन पेश गरेका थिए । शुक्रबारको बैठकमा असन्तुष्ट नेता रामचन्द्र पौडेल निकट भनेर चिनिएका केन्द्रीय सदस्यहरु कमला पन्त र रामकृष्ण यादवको उपस्थिति थियो । यूवाहरुकै सोही गुटमा रहेका प्रदी पौडेल भने दुवै दिन उपत्यका भित्र नरहेकाले सहभागी हुन पाएनन् ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७५ मंसिर ३, ०८: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७५ मंसिर ३, ०८: १५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७५ मंसिर ३, ०८: १५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...