
काठमाडौं । छेमेकी मुलुक भारतमा भारतमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जना नयाँ संक्रमित थपिएका छन् भने यहाँको कोरोना संक्रमण दर १४.७८ पुगेको भारतीय समाचार माध्यमले जनाएका हुन्।
शुक्रबारको तथ्याकं बिहीबार थपिएका कोरोना संक्रमितको तुलनामा ६.७ प्रतिशतले बढी हो । बिहीबार मात्रै भारतभर २ लाख ४७ हजार ४ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण ह्वातै बढेपनि मृत्यु हुनेको संख्या भने निकै कम छ । पछिल्लो २४ घण्टामा २१९ जना संक्रमितको मृत्यु भएको छ भने १ लाख ९ हजार ३४५ जना कोरोनामुक्त भएको सञ्चार माध्यामले जनाएका छन् ।
शुक्रबार थपिएका संक्रमितमध्ये महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै कोरोना संक्रमित भएको बताइन्छ । महाराष्ट्रमा मात्रै ४६ हजार ४०६ जना नयाँ संक्रमित थपिएका छन् भने दिल्लीमा २८ हजार ८६७ संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको सम्भावित तेस्रो लहरसंग जुध्न केन्द्र सरकार र राज्य सरकारहरुले सामूहिक कदम चाल्नु पने बताएका थिए ।
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...
काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...