रेडियोकर्मी इ. कुमार भट्टराईका २ वटा एल्बम एक समारोहकाबीच लोकार्पण भएको छ । शुक्रबार प्रज्ञाभवनमा आयोजित लोकार्पण कार्यक्रममा प्रमुख अथिति नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले भजनसंग्रह “शिवलिला” र “अग्रता काली”को लोकार्पण गरेका हुन् ।
लोकार्पण कार्यक्रममा बोल्दै महामन्त्री डा. शंशाक कोइरालाले धर्म निरपेक्ष नहुने जहिले पनि धर्म स्वतन्त्र हुने हुँदा आफु अहिले पनि हिन्दू धर्मको बारेमा जनमतसंग्रह गराउनुपर्ने पक्षमा रहेको बताएका छन् ।
उक्त लोकार्पण कार्यक्रममा काँग्रेस नेताहरु, दामोदर गौतम, बलदेव शर्मा बजगाईं, पूर्वमन्त्री शंकर कोइराला, समिक्षक प्रा.डा. गोविन्दराज भट्टराई, वरिष्ट पत्रकारहरु हरिहर विरही, कविर राणा, दामोदर प्रसाद दवाडी, गोपाल झालगायत रेडियो अग्रताका अध्यक्ष केशवराज भट्टराई, भ्वाईस अफ रेडियोका निर्देशक सुन्दर गौतम लगायत विशिष्ट व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
२०३२ सालमा सिन्धुपाल्चोकमा जन्मीएका कुमार भट्टराईका धुलेपाटिमा “क, ख” सिकेका औलाहरुबाट सिर्जित मनमष्तिकबाट प्रस्फुटित रचनाहरु आजकाल बजारमा प्रकाशित हुन थालेका छन् । पेशाले ईन्जिनियर उनी सामाजिक अभियन्ता साथै विद्युतीय सञ्चार माध्यमका सञ्चालक पनि हुन् ।
सन् २००० मा काठमाडौं विश्वविद्यालयबाट इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल ईन्जिनियरिङ्ग विषयमा स्नातक गरेका उनी नेपालमा नयाँ नयाँ प्रविधिका टेक्नोलोजीहरु जस्तै एफ.एम स्टेशन, टेलिभिजन, डिजिटल टेलिभिजन प्रशारण केन्द्र, डिटिएच लगाएतका डिजिटल प्रविधिमा परामर्श ईन्जिनियरको रुपमा काम गरिरहेका छन् ।
भट्टराई विभिन्न संघ संस्थाहरुमा आबद्ध हुँदै नेपाल भरिका रेडियोहरुको छाता संस्था ब्रोडकाष्टिङ एसोसिएन अफ नेपाल (बान) का वरिष्ठ उपाध्यक्ष समेत छन् । त्यति मात्र होइन साहित्य लेखनमा पनि रुचि राख्ने हुनाले कविता, गीत र निबन्ध समेत प्रकाशित भइरहेका छन् ।
८ वर्षको उमेरमा नै श्रीग्राम शिक्षा मन्दिर निम्न माध्यमिक विद्यालय कपनमा भएको कविता प्रतियोगितामा प्रथम भइ पुरस्कृत भएका उनी तत्पश्चात साहित्यिक यात्रा थप उत्साहका साथ अघि बढेको पाइन्छ । रेडियो र टेलिभिजनमा बज्ने कार्यक्रममा समेत काम गरिसकेका भट्टराई विभिन्न समयमा भएका कविता तथा कथा प्रतियोगिताहरुमा मधुर रुपमा उपस्थित हुँदै पुरस्कृत भईरहन्थे ।
त्यसैले उनलाई भगवत् अनुकम्पाले यो विधामा सँधै स्थिर रहिरहने प्रेरणा मिलेको हुन सक्छ । २०५१ सालमा “मेरो जीवन” नामक कविता तथा गीत समावेश पुस्तक पहिलो प्रकाशित, भट्टराईका २०६० सालमा “स्वमुत्र चिकित्सा पद्धति” नामक दोश्रो पुस्तक प्रकाशित, २०५१ सालमा रचित गितले भने ध्वनीबद्ध भएर २०७१ सालमा अग्रता एल्बम मार्फत सार्वजनिक हुने अवसर पाएका थिए । विमोचन भएका भजन संग्रह “शिव लिला” र “अग्रता काली” गीतकार तथा भजनकार भट्टराइको दोस्रो र तेस्रो एल्बमहरु हुन् ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...