
नयाँ विकल्प,
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ को सङ्क्रमणबाट हुने मानवीय क्षतिलाई कम गर्न खोप अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन् । बढ्दो कोरोना ग्राफ, खोपको अवस्था र कोरोना नियन्त्रणका लागि भइरहेको प्रयासबारे बुझ्न मधेस प्रदेशको राजधानी जनकपुर आइपुगेका स्वास्थ्यमन्त्री खतिवडाले मंगलबार मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतसँगको छलफलमा सो कुरा बताएका हुन् ।
कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गएपनि मधेस प्रदेशका जिल्लामा लक्ष्यअनुसार खोप कार्यक्रम अघि बढ्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री खतिवडाले सम्भावित कोरोना जोखिमलाई कम गर्न खोप कार्यक्रमलाई तीव्र पार्नुपर्ने बताए । मुख्यमन्त्री राउतले प्रदेश सरकार कोरोना महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सुरक्षा रणनीति बनाइ अघि बढिरहेको बताए ।
कोभिड–१९ बाट जोगिने बिधि बारे जनचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी प्रदेशभरीका अस्पतालमा औषधि, अक्सिजनलगायत स्वास्थ्य सामग्री तयारी अस्पतालमा राखिएको उनले जानकारी दिए ।
भारतीय सीमा क्षेत्रमा हेल्थ स्थापनासँगै भारतबाट आउनेको सीमा नाकामै एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको जानकारी गराउनुहुँदै मुख्यमन्त्री राउतले विगतमा जस्तो मधेस प्रदेशको जिल्लाका अस्पतालमा बेड, अक्सिजनलगायत स्वास्थ्य सामग्रीको अभाव हुन नदिने गरी तयारी गरेको बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...