
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एकै दिन दुई लाख ८२ हजारभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको तुलनामा १८.९ प्रतिशतले बढी भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सोही अवधिमा ४४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ । सबैभन्दा धेरै संक्रमित पुष्टि भएका ५ राज्यमा कर्नाटक शीर्ष स्थानमा रहेको सञ्चार माध्यमले जनाएका छन् । त्यहाँ ४१ हजार ४५७ जना नयाँ संक्रमित थपिएको बताइएको छ ।
त्यस्तै, दोस्रो स्थानमा रहेको महाराष्ट्रमा पछिल्लो २४ घण्टाभित्र ३९ हजार २०७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । केरलमा २८ हजार ४८१, तमिलनाडुमा २३ हजार ८८८ र गुजरातमा १७ हजार ११९ जना नयाँ सक्रमित थपिएको सञ्चार माध्यमले जनाइरहेका छन् ।
कोभिड संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४ लाख ८७ हजार २०२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड ७९ लाख नाघेको छ । यसमध्ये तीन करोड ५५ लाख संक्रमित निको भएका छन् ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...