
हेटौडा । मकवानपुरको सरकारी अस्पताल हेटौँडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले गत बिहीबारदेखि आजसम्म गरिएको पिसिआर परीक्षणमा अस्पतालका ३६ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि बताए ।
अध्यक्ष प्रसाईंले अस्पतालका चार चिकित्सक, ११ नर्स र प्रयोगशालामा कार्यरत १३ स्वास्थ्यकर्मी र आठ जना कार्यालय सहयोगी गरी ३६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको बताए ।
अस्पताल प्रशासनले मकवानपुरमा कोरोना सङ्क्रमण बढी रहेकाले अत्यावश्यक भए मात्र अस्पतालमा उपचारका लागि आउन अनुरोध गरेको छ ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...