
नयाँ विकल्प,
काठमाडौं – सरकारले सार्वजनिक स्थलहरुमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य देखाउनु पर्ने जनाएको छ । कोरोना संक्रमितको सङ्ख्या हवात्तै बढ्न थालेपछि माघ ७ देखि सार्वजनिक स्थलमा हिँडडुल गर्दा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने नियम लागू गर्ने भएको हो । सिसीएमसीले पनि यो नियम कडाइका साथ कार्यान्वयनमा ल्याउन सरकारलाई सिफारिस गरेको थियो।
माघ ७ देखि खोप कार्ड अनिवार्य बोक्नुपर्ने नियम कडाइका साथ लागू गरिने निर्णय गरेको छ। साथै माघ १६ देखि २० गतेसम्म कोरोनाविरूद्ध खोप लगाउनका लागि विद्यालय खोल्न दिने तयारी छ।
साथै जहाजमा यात्रा गर्नेहरुले पनि खोप कार्ड देखाउनुपर्ने भएको छ। अनलाइनमार्फत् जहाजको टिकट काट्दा पनि खोप कार्ड अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ।
यस्तै, उपत्यकामा कुनै पनि किसिमका आमसभा, जुलुस, सभा र भेला गर्न नपाइने गरी प्रशासन कार्यालयहरूले नयाँ आदेश जारी गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले गरेको निर्णयअनुसारको नियम माघ मसान्तसम्म लागू हुनेछ ।
बैठकपछि जारी विज्ञप्तिअनुसार यस अवधिमा गोष्ठी, सेमिनार, समीक्षा र बैठक पनि गर्न पाइनेछैन । भर्चुअल विधिबाट भने यस्ता कार्यक्रम गर्न पाइनेछन् । भौतिक रूपमै सहभागी हुनैपर्ने कार्यक्रम भए २५ जनाभन्दा धेरै सहभागी हुन पाइनेछैन ।
७ माघदेखि भने यस्ता कार्यक्रममा सहभागी हुनेले अनिवार्य खोप कार्ड देखाउनुपर्नेछ । खोपकार्डको फोटो मोबाइलमा राखेर आवश्यकताअनुसार देखाउन सकिने स्थानीय प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।
खोप कार्ड हराएमा के गर्ने ?
कोभिड-१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिले कोभिड खोप कार्ड हराएमा खोप कार्डको प्रतिलिपी बनाउन सकिने छ । दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट कार्ड लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी जोन्सन एन्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिने र पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिने सूचनामा जनाइएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...