
नयाँ विकल्प,
काठमाडौं -सरकारले बजारमा प्यारा सिटामोलको अभाव नभएको जिकिर गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले बजारमा सिटामोल लगायत कुनै पनि औषधिको अभाव नभएको बताए । उनले प्रदेशिक स्वास्थ्य आपूर्ति कार्यालय विराटनगरमा २७ लाख ६४ हजार, प्रदेशिक आपूर्ति केन्द्र धनुषामा २१ लाख ३० हजार, प्रदेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडामा १० लाख ९८ हजार, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरामा १८ लाख, प्रादेशिक स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र बुटवलमा २७ लाख ३० र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्जमा १० लाख २० हजार, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा १८ लाख गरी १ करोड ३३ लाख ४२ हजार ५०० एमजीका सिटामोल रहेको उनले बताए । केन्द्रीय मेडिकल स्टोर पथलैयामा ११ लाख ९८ हजार सिटामोल मौज्दात रहेको मन्त्रालयको भनाई छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...