मंगलबार थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

मंगलबार थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । मंगलबार थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका स्वास्थ्य संस्थामा कूल १८ हजार १०३ जनाको पीसीआर परीक्षणका क्रममा ९ हजार ४३२ जना र ७ हजार ८०६ जनाको परीक्षणका क्रममा २ हजार ५७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । जम्मा २५ हजार ९०९ जनाको नमुना परीक्षण गरिएको थियो ।

यस्तै, सोही अवधिमा थप ८ जनाको मृत्यु भएको छ भने ३ हजार ४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मंगलबार थपिएसंगै देशभर पीसीआर परीक्षणमा कूल ९ लाख २७ हजार ८८० जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा हालसम्म कूल ८ लाख २७ हजार २७९ जना कोरोनाभाइसर संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म ११ हजार ६६७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेको मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।
देशभर संक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ जना रहेको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ ११, १७: ००

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ ११, १७: ००

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ ११, १७: ००

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...