स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू काेराेना संक्रमित – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू काेराेना संक्रमित

काठमाडौं । कोभिड–१९ अन्तर्गत कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलगाएतका भेरियन्टको संक्रमण फैलिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरु पनि संक्रमित भएका छन्।

मन्त्रालयकाअनुसार सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा. संगिता कौशल मिश्रा र सह–प्रवक्ता डा.समीरकुमार अधिकारी संक्रमित भएर आइसोलेशनमा बसेका छन्।

कोरोनाको पहिलो र दोस्रो लहरमा मन्त्रालयका अधिकारीहरु कमै मात्र संक्रमित भएको र हाल तेस्रो लहरमा प्रायः मन्त्रालय भित्रका धेरै कर्मचारीहरु संक्रमित भएका छन् ।

कोरोनाको तेस्रो लहर सुरु भएपछि संक्रमित भएका कतिपय निको भएर मन्त्रालयको काम फर्किसकेका छन् भने केही हाल संक्रमित भएर आइसोलेशनमा रहेको बताइन्छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ १३, १५: ०८

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ १३, १५: ०८

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ १३, १५: ०८

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...