बिहीबार थप ८हजार १७ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ३ हजार १४३ जना – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

बिहीबार थप ८हजार १७ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ३ हजार १४३ जना

काठमाडौं। बिहीबार थप ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

त्यस्तै गत २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको निधन भएको छ भने ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै बिहीबार थपिएसँगै देशभर कोरोना संक्रमितको संख्या कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ६८७ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म नेपालमा कूल ८ लाख ३७ हजार ०४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा, १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा र २५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।

त्यस्तै पछिल्लो समय काठमाडौं कोरोनाको हटस्पटका रुपमा परिणत भएको छ । बिहीबार मात्रै उपत्यकामा ३ हजार १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौंमा २ हजार ४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाे विवरण

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ १३, १६: ४७

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ १३, १६: ४७

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ १३, १६: ४७

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...