काँग्रेस केन्द्रीय सदस्यद्वारा महिला नेतृमाथी दुव्र्यवहार – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

काँग्रेस केन्द्रीय सदस्यद्वारा महिला नेतृमाथी दुव्र्यवहार

काठमाडौं । नेपाली काँग्रेसका नेता एव्म केन्द्रीय सदस्य ध्यान गोविन्द रन्जितले काठमाडौं निर्वाचन क्षेत्र नं. ९ की नेपाल महिला संघ काठमाडौं जिल्ला सदस्य एवम् प्रवक्ता रिता दवाडीलाई दुव्र्यवहार गरेका छन् ।

१३औं महाअधिवेशनमा लोकतान्त्रिक विधिद्वारा महाअधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याउन सफल भएकी रिता दवाडीलाई महासमिति सदस्य बनाउन हैसियत नपुगेको, गाउँको बाहुनी महिला भन्दै केन्द्रीय सदस्य ध्यान गोविन्द रन्जितले क्षेत्रीय समितिको बैठकमा तथानाम भनेर गाली गलौज गरेका हुन् ।

आफुले मात्र जथाभावी गाली गलौज गर्दै आएका रन्जितले पछिल्लो समय क्षेत्रीय समितिको बैठकमा आफ्नै छोरा यूरिक रन्जित ल्याएर बैठकमै छोराद्वारा समेत नेतृ रिता दवाडीमाथि हातपात समेत गर्न खोजिएको थियो ।

तर साहसी महिला नेतृ रिता दवाडीले खाइरहेको चिया मुखमा घाप्ट्याइदिन्छु भनेपछि निज यूरिक चुप लागेका थिए । यूरिक क्षेत्रीय समितिको बैठकमा बस्ने अधिकार नुहँदा नहुँदै पनि बैठकभित्र बसी नेतृ दवाडीलाई तथानाम गाली गलौज गरेका थिए ।

अनाधिकृत व्यक्ति उक्त बैठकमा छिरेर महिलामाथि दुव्र्यवहार गरेको कारण क्षेत्रीय समिति विवादमा पर्दै आएको छ । क्षेत्रीय समितिको बैठकमा लामो समयदेखि महासमितिको निर्वाचन रोक्दै आएका रन्जितले आफ्नै श्रीमती चिनीहिरा रन्जितलाई महासमिति सदस्य बनाउन भन्दै निर्वाचन प्रक्रिया रोक्दै आएका थिए । महाअधिवेशन प्रतिनिधि रिता दवाडिले निर्वाचन प्रकृयामा जाउ भन्दा एकाएक रन्जित दवाडीमाथि खनिएका हुन् । लोकतान्त्रिक विधिमा जाँदा आफु र श्रीमती समेत पराजित हुने डरले निर्वाचन रोकेका हुन् ।

क्षेत्रीय समितिलाई सँधै गाली गलौज गर्दै आएका रन्जितले २०७५ साल मंसिर २५ गते केन्द्रले पठाएको निर्वाचन अधिकृत राजाराम बोहोरालाई समेत तथानाम गाली गर्दै सम्पन्न भई सकेको निर्वाचन समेत घोषणा गर्न नदिएका कारण महाअधिवेशनको बन्द सत्र सुरु हुँदासम्म उक्त काठमाडौं क्षेत्र नं. ९ बाट महाअधिवेशन प्रतिनिधि हुनबाट सबै वञ्चित हुन पुगे । क्षेत्रीय समितिको निर्णय अनुसार २०७५ जेठ २५ गते निर्वाचन अधिकृत राजाराम बोहोराले निर्वाचन तालिका अनुसार ३ बजेदेखी ४ बजेसम्म मनोनयन दर्ता प्रकाशित गरी निर्वाचन शुरु भएपश्चात पुरुषतर्फ ५ जनाको र महिलातर्फ एक जना रिता दवाडीको मात्र मनोनयन भएको हुँदा महिलातर्फ रिता दवाडी निर्विरोध निर्वाचित भएको अवस्थामा पनि निज ध्यान गोविन्द रन्जित निर्वाचन भएको स्थान क्षेत्रीय समितिको कार्यालयमा प्रवेश गरी एकाएक निर्वाचन स्थगित गर्न लगाएका थिए ।

मनोनयन दर्ता गर्ने समयमा निज ध्यान गोविन्द रन्जित र श्रीमती चिनीहिरा रन्जित मनोनयनगर्न समेत नआएको निर्वाचन समितिका अधिकृत राजाराम बोहोराले बताए । विगत ६ महिनादेखि निकै असक्त बिरामी भई विस्तारामै सुतिरहेकी श्रीमती रन्जित १३औं महाअधिवेशन पछिको क्षेत्रीय समितिको १९ वटा बैठकमा अहिलेसम्म एउटा बैठकमा मात्र उपस्थित भएकी छिन् । आम निर्वाचनताका समेत कुनै स्थानमा हिड्डुल गर्न नसकेकी रन्जित अहिले पछिल्लो समय शारीरिक अवस्था निकै अशक्त रहेको बताइन्छ ।

रन्जितले अशक्त श्रीमती चिनीहिरा रन्जितलाई महासमिति सदस्य बनाउनुपर्छ भन्दै क्षेत्रीय समितिको बैठकनै अवरुद्ध पार्दै आएका थिए । यसरी क्षेत्रीय समिति अनिर्णयको बन्दी बनेपछि क्षेत्र नं. ९ का क्षेत्रीय समितिका पदाधिकारीहरुबीचनै बोलचाल समेत बन्द भएको छ । दुइदुइ पटक उक्त क्षेत्रबाट काँग्रेसले निर्वाचन जित्दै आएता पनि आम निर्वाचनमा रन्जितकै लिडेढिपिका कारण काँग्रेसको राजनीति धरापमा पर्दै आएको छ । १३औं महाअधिवेशनमा केन्द्रीय सदस्यमा पराजित रन्जित पार्टी सभापति शेरबहादुर देउवाको निगाहामा केन्द्रीय सदस्यमा नियुक्ति भएका हुन् ।

केन्द्रीय सदस्यजस्तो व्यक्तिले यस्तो हर्कत गरेको देखेर महिलामाथी दुव्र्यवहार गरेको भन्दै नेपाल महिलासंघ काठमाडौं जिल्ला समिति र क्षेत्र नंं ९ का अधिकांश महिलाहरु रन्जितमाथि आक्रोशित भएका छन् । गएको निर्वाचन समयमा पनि यस्तै हर्कत गरेका र गाउँका महिलाहरुको हैसियत नपुगेको भन्दै महिलाहरुमाथि गालीगलौज गरेका कारण सर्वनाक हार व्यहोरेका रन्जित पछिल्लो समयमा पार्टी सभापति शेरबहादुर देउवाको निगाहाबाट केन्द्रीय सदस्यमा मनोनयन भएपश्चात इमान्दार कार्यकर्ता झन् निराश भएका छन् ।

ऐतिहासिक विरासत बोकेको काँग्रेस आमनिर्वाचनपछि कार्यकर्तामा आएको निरासालाई सम्बोधन गर्न भन्दै महासमितिको बैठक भइरहँदा संगठनमा उर्जा थप्ने र नयाँलाई प्रवेश गराउने लोकतान्त्रिक विधिलाईनै बद्नाम गराउन गुट–उपगुटको छिद्रा बनेका यस्ता हर्कतले पार्टी सभापति देउवालाईनै बद्नाम गराउने गरी रन्जितले आफ्नै अशक्त श्रीमती चिनीहिरा रन्जितलाई ल्याउनुपर्छ भन्नुभएको छ पार्टी सभापतिले भन्दै हिँड्ने गरेका छन् ।

पार्टी, नेता र गुटका नाममा संगठनलाई ध्वस्त भएको भन्दै काँग्रेस भित्रै युवालाई अवसर र परिवारवादको चर्को विरोध भईरहेका बेला आफ्नै श्रीमती त्यसमा पनि विस्तारामै दिशापिसाब र खुवाउनुपर्ने असक्त विरामीलाई पार्टीको नेतृत्वमा लैजाने परिपार्टीले काँग्रेसलाईनै असक्त बिरामी पार्ने होकी भन्दै आम इमान्दार कार्यकर्ता चिन्तित भएका छन् ।

उता क्षेत्रीय समितिको कार्यालयमा भएको निर्वाचनमा पुरुषतर्फ ५ जनामध्ये एक जनाले फिर्ता लिएको र महिलातर्फ एक जना रिता दवाडीको मात्र उम्मेदवारी दर्ता भएको हुँदा निर्विरोध निर्वाचित महासमिति सदस्य रीता दवाडीले निज ध्यान गोविन्द रन्जित विरुद्ध केन्द्रीय निर्वाचन समितिमा समेत उजुरी दर्ता गराएकी छिन् ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०७५ पुष २, ०५: ५८

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०७५ पुष २, ०५: ५८

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०७५ पुष २, ०५: ५८

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...