संसदका कर्मचारीको आन्दोलन सभामुख मौन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

संसदका कर्मचारीको आन्दोलन सभामुख मौन

संघीय संसद सचिवालयका कर्मचारीहरु अतिरित्त भत्ता कटौती भएको विरोधमा चरणबद्ध आन्दोलनमा छन् । उनीहरुको आन्दोलनका कारण बाह्रौं संसद सेवा दिवसको कार्यक्रमसमेत स्थगित भएको थियो । कार्यक्रम तालिका अनुसार शुक्रबार १२ बजे सभामुख कृष्णबहादुर महराको उपस्थितिमा दिवस मनाउने तयारी थियो ।

बाह्रौं संसद सेवा दिवस मूल समारोह समितिले तय गरेअनुसार सरसफाइ, हाजिरी जवाफ, ब्याडमिन्टन, चम्चा दौड, घैँटो फुटाउने प्रतियोगिता जस्ता हप्ताब्यापी कार्यक्रमहरु भइसकेका थिए ।

तर उनीहरुले आन्दोलनकै क्रममा दिवस मनाउन नसकिने भन्दै आन्दोलन स्वरुप अन्य कार्यक्रमलाई स्थगित गरेका हुन् । गत बुधबार संघीय संसद सचिवालय कर्मचारी युनियनको भेलाले विगतमा पाउँदै आएको अतिरिक्त ८० प्रतिशत भत्ता पाउने ब्यवस्था पुनः सुचारु नभए दिवसमा सहभागी नहुने निर्णय गरेको थियो ।
दिवस अन्तर्गतका कार्यक्रम स्थगित गरिएको सुचना निकालेको मुल समारोह समितिले अब कहिले उक्त मनाउने भन्ने केही उल्लेख गरेको छैन ।

दिवस स्थगित हुनुलाई सफलता भन्न नसकिने तर, यसले ब्यवस्थापन पक्षलाई दवाव पुग्ने कर्मचारी युनियनले जनाएको छ । आफूहरुको भत्ता रोकिने भए सांसदहरुको पनि भत्ता रोकिनु पर्ने भन्दै कर्मचारीहरु आन्दोलनमा होमिएका हुन् ।

संघीय संसद सचिवालय कार्यसञ्चालन ब्यवस्थापन समितिका जिम्मेवार सदस्यहरु बुधबार र बिहीबार कर्मचचारीहरुको यही भत्ता मागको विषयमा छलफलमा जुटेका थिए । तर, उनीहरुले उक्त छलफललाई औपचारिक बैठक भनेका छैनन् । अनौपचारिक छलफलले पनि कर्मचारीको मागका विषयमा ठोस प्रस्ताव तयार पार्न सकेका छ्रैनन् ।

संसद सचिवालयका कर्मचारीहरुले पाउँदै आएको ८० प्रतिशत अतिरिक्त भत्ता गत गत साउनदेखि पाउन छाडेका छन् । सरकारले अतिरिक्त भक्ताको व्यवस्था हटाएपछि कर्मचारीहरु असहयोग आन्दोलनमा उत्रिएका हुन् । भत्ता नदिए पुस १ गतेदेखि १०–४ ड्युटी गर्ने युनियनले चेतावनी दिएका कर्मचारीहरुले आइतबार ठीक १० बजे मात्र कार्यालय आएका थिए ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७५ पुष २, ०६: ००

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७५ पुष २, ०६: ००

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७५ पुष २, ०६: ००

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...