
काठमाडौं । कोरोनाभाइसबाट पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जना संक्रमित भएका छन् । देशभरका विभिन्न स्वास्थ्य संस्थाहरुमा १२ हजार ६०५ नमुना परीक्षणका क्रममा २ हजार ७४२ जना पीसीआर परीक्षणबाट र ४ सय ३३ जना एन्टीजेन परीक्षणबाट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा थप १४ जना संक्रमितको ज्यान गएको छ भने ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै हाल देशभर कूल ६३ हजार २९६ जना संक्रिय संक्रमति रहेका छन् । मन्त्रालयले थप २ लाख ६६ हजार ५४० जनाले खोप लगाएको जानकारी दिएको छ ।
मन्त्रालयले हालसम्म कूल ८ लाख ८७ हजार ४४३ जना कोरोना संक्रमणमुक्त भएको जानकारी दिएको छ भने ११ हजार ७७८ जनाले ज्यान गुमाएको उल्लेख गरेको छ ।
नेपालमा हालसम्म ५२ लाख ५७ हजार १७५ जनाको पीसीआर विधिबाट र ९ लाख ८१ हजार ३७१ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको छ ।
यस्ताे छ विवरण..

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...
धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...
काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...