
काठमाडौं । निरन्तर वर्षाका कारण आज देशभरका केही स्थानमा हिमपात भएको छ । पश्चिम न्यूनचापीय वायुका कारण मौसम बदली हुँदा वर्षा र हिमपात भएको मौसम पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
देशभर बर्षासंगै चियो बढेपछि जनजीवन कष्टकर बनेको छ । बर्षाका कारण देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । वर्षासँगै बढेको चिसोले बालबालिका र वृद्धवृद्धा तथा पशु चौपायालाई असर गरेको छ ।
यता, देशका हिमाली क्षेत्रमा तीन फिटभन्दा बढी हिउँ जमेको सञ्चारमाध्यमले जानकारी दिएका छन् । त्यस्तै काठमाडौं उपत्यका वरपरका पहाडी क्षेत्रमा पनि हिमपात भएको बताइएको छ ।
उपत्यका आसपारको फुल्चोकी, शिवपुरी, दलचोकी, चन्द्रागिरि, रानीकोट नगरकोट लगाएत उपत्यका आसपासमा पनि हिमपात भएको बताइएको छ। हिमपातका कारण काठमाडौं उपत्यकामा अत्याधिक चिसो बढेको छ ।
यता, मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि मौसममा सुधार आउने जनाएको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...