
काठमाडौं । गत २४ घण्टामा नेपालमा थप १६ जना कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १६ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा करिव ११ हजार ७३ नमुना परीक्षण १६०२ जना पीसीआर विधिबाट र ९२४ जना एन्टीजेन विधिबाट गरी थप २ हजार ५२६ जनामा कोरोना संक्रमण देखिएको बताएको छ ।
सोही अवधिमा थप ८ हजार ४२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हासम्म नेपालमा ५२ लाख ६३ हजार ८३० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा ९ लाख ६४ हजार ११९ जना कोरोना पोजेटिभ भएका थिए ।
त्यस्तै, मन्त्रालयले हालसम्म कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या कूल ८ लाख ९५ हजार ८६८ जना रहेको र भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७९४ रहेको जनाएको छ ।
हाल नेपालमा ५६ हजार ४५७ जना संक्रिय संक्रमित रहेको बताइएको छ । संक्रमित मध्य होम आइसोलेसनमा ५५ हजार ९०, संस्थागत आइसोलेसनमा १ हजार ३६७ जना, आई.सी.युुमा २४३ र भेन्टिलेटरमा ५१ जना रहेको मन्त्रालयले बताएको छ ।
त्यस्तै गत २४ घण्टामा उपत्यकाको काठमाडौं जिल्लामा ५७० जना, भक्तपुरमा ५५ जना र ललितपुरमा १२० जना संक्रमित रहेका छन् ।
मन्त्रालयकाे विवरण…

काठमाडौं । मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको...
काठमाडौं।जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका...
काठमाडौं । आज विश्व मधुमेह दिवस । विभिन्न कार्यक्रमको आयोजनागरी आज विश्वभर मधुमेह दिवस मनाईँदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा...