
डोटी । नेपाल पत्रकार महासङ्घ डोटी शाखाको समन्वयमा सुजङ अस्पताल दिपायल राजपुरले जिल्लामा कार्यरत पत्रकार तथा उनीहरुको परिवारलाई उपचारमा २० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ । अस्पतालका प्रशासन प्रमुख बलायर र पत्रकार महासङ्घका अध्यक्ष मोहन शाहीले स्वास्थ्य सेवामा छुट गर्ने गरी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले अस्पतालमा अपलब्ध ल्याबका सबै प्रकारका जाँच, एक्सरे, भिडियो एक्सरेलगायतका सेवा निःशुल्क तथा विषेशज्ञ सेवामा बाहेक अन्य सेवामा सहुलियत प्रदान गरिने जानकारी दिए ।
पत्रकार महासङ्घ डोटी शाखा सचिव केशवचन्द्र महराले सम्झौताअनुसार स्वास्थ्य सेवा लिने व्यक्ति महासङ्घको साधारण सदस्य हुनुपर्ने र अस्पतालमा सेवा लिन जाँदा महासङ्घको सदस्यताको परिचयपत्र र महासङ्घको सिफारिस पेश गर्नुपर्ने प्रावधान सम्झौता पत्रमा रहेको बताए ।
प्रत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष शाहीले मोफसलमा पत्रकारिता गरिरहेका पत्रकारको अवस्था अहिले पनि कमजोर र अस्पतालले पत्रकार तथा उनीहरूका परवारका लागि उपचारमा सहुलियत दिन गरिएको निर्णय सराहनीय भएको बताए ।
तस्तै अध्यक्ष शाहीले पत्रकार महासङ्घ जिल्ला शाखा डोटीले जिल्लामा रहेका अन्य अस्पतालसँगपनि महासंघले सहकार्य गर्ने जानकारी दिए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...