
नयाँ विकल्प,
काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ । जोशीको शरीरमा अक्सिजन कमी भएपछिअस्पताल भर्ना गरिएको हो । शरीरमा अक्सिजन कमी भएपछि जोशीलाई सोमबार किस्ट मेडिकल कलेजमा भर्ना गरिएको साहित्यकार एवं नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । अस्पतालले एक साता अक्सिजनमा राख्नुपर्ने बताए पछि जोशीलाई एक हप्ता अस्पतालमा राखिन लागिएको प्रसाईंको भनाई रहेको छ । जोशी गत वैशाख ३० गतेदेखि १०२ वर्षका भएका छन् ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...